काठमाडौँ -प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबीच आज भेट भएको छ ।

उनीहरुबिच बालुबाटारमा भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यान्वयन एवं स्थानीय निर्वाचनका बारेमा छलफल भएको बालुवाटार स्रोतले बतायो ।

भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई कसरी सहज रुपमा अगाडि बढाउने भन्ने बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

भेटमा प्रधानमन्त्रीले दाहालले संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन नै पहिलो सर्त भएकाले निर्वाचन गर्न सरकार लागि परेको बताउँदै त्यसमा सहयोग गर्न नयाँ शक्तिका संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री डा भट्टराईलाई आग्रह गरे ।

डा भट्टराईले स्थानीय निर्वाचनका लागि सहज रुपमा अगाडि बढ्न संविधान संशोधन गर्न उपयुक्त हुने बताए । बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितलाई वितरण गर्ने मुआब्जा रकम कम भएकाले केही रकम थप गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण पनि उनले गराएको बताइएको छ । पछिल्लो क्रममा प्रधानमन्त्री आफ्नो भेटवार्तालाई बढाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको