काठमाडौं,। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले ०७४ साल निर्वाचनको साल हुने बताएका छन्।
पत्रकार सम्मेलन गर्दै ओलीले भने,‘नसक्ने हो भने प्रधानमन्त्रस् ‘प्रचण्ड’ले छोडे हुन्छ एमाले तयार उनले भने ।
पार्टी कार्यलय धुम्बराहीमा आयोजित पत्रकार संमेलनमा अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले ०७४ माघ ७ भित्र तीनै तहको चुनाव हुने र चौहतर साल निर्वाचनको साल हुने पनि बताए।
पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले भने,‘चुनाव कसैले रोकेर रोकिदैन, यो सरकारले बैशाखभित्र स्थानीय तहको चुनाव र त्यसपछि क्रमश प्रदेश र संघीय संसदको चुनाव गर्नुपर्छ, यो सरकारले चुनाव गर्न सक्दैन भने अर्को सरकार गठन गरेर भएपनि चुनाव गर्नुपर्छ यो सरकारले चुनाव गर्न सक्दैन भने बाटो खुला गर्नुपर्छ एमाले तयार छ ।’
उनले स्ववियु चुनाव पनि तोकिएको मितिमै हुने बताउँदै भने,‘फागुन १४ मै स्ववियु चुनाव पनि हुन्छ ढुक्क हुनोस्, राष्ट्रियता जोगाउने जिम्मेवारी पनि एमालेको काँधमा आएको बताएका छन् ।