काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सरकारलाई आग्रह गरेको छ । चुनावको मिति घोषणाको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार प्रमुख निर्वाचन आयुक्त यादवसँग छलफल गरेका छन् । आयोगले कम्तिमा पनि दुई चरणमा निर्वाचन गर्ने गरी तयारी थालेको भन्दै त्यसअनुसार नै मिति घोषणा गर्न यादवले सुझाव दिएका छन् । छोटो समयमा चुनाव गर्नुपर्ने र स्थानीय तह पूर्ण कार्यान्वयनमा नआइसकेको अवस्थामा कम्तिमा पनि दुई चरणमा मतदान गर्नुपर्ने बताए । आयोगले दुई चरणको चुनावको दुई मिति पनि प्रस्ताव गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको