राजविराज । आज फागुन कृष्ण चतुर्दशी अर्थात हिन्दुहरुको महान पर्व महाशिवरात्री । आज सप्तरी सहित देशभरको शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ । हिन्दु धर्मावलम्वीहरुले शिवरात्रीलाई विशेष आस्थापूर्वक मनाउने गर्दछन ्। शिवरात्रीलाई पर्वहरुको राजा पनि भन्ने गरिन्छ । आज ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन पनि रहेको जनविश्वास छ ।
आजको दिन हिन्दुधर्मालम्बिहरु विहानैदेखि निर्जल व्रत बसि रात्री जागरण, चार प्रहारको पूजा, बेलपत्र चढाई, पञ्चामृत शिवलिङ्गमा अर्घ चढाई रातभर भजन कीर्तन गरी ब्रत बस्ने गर्दछन् । शिवरात्रीको पालनाले भोग र मोक्ष दुबै प्राप्त हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।
आज विहान देखी बिहानैदेखि जिल्लाको शिवालयहरुमा भक्तजनहरुको भीड लागिरहेको छ ।
पूजा अर्चनाका लागि पुजाका लागि सप्तरीको राजविराजमा शिव मन्दीर , शम्भुनाथ नगरपालकिाको शम्भुनाथ मन्त्री लगायतका क्षेत्रमा सुरक्षा व्यवस्था समेत मिलाएको जिल्लला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आज आराध्यदेव भगवान शिवको पूजा अराधना गर्नाले दिव्यज्ञान प्राप्त भई सुख, शान्ति र समृद्धि पाइने जनविश्वास रहेको छ । शिवरात्रि पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे र्सवसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । यो दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ(मन्दिरमा दाउरा बालेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ । पशुपतिनाथमा जाने भक्तजनहरुका लागि विभिन्न संघसंस्थाहरुले निःशुल्क भोजन, स्वास्थ्यसेवालगायतका सेवाहरु प्रदान गरिरहेका छन ्।
पुजामा सहयोग गर्न शिविर
शिवालयहरुमा भक्तजनहरुलाई सहयोगार्थ फुल, बेलपत्र, दुध , पानी लगायतका समग्रीह राखी केही संस्थाथाहरुले शिविर राखेको छ । सेभ द नेपाल नामक संस्थाले सप्तरीको राजविराजमा रहेको शिव मन्दीरको अगाडी आफनो शिविर राखेर बेलपत्र र दुध निःशुल्क रुपमा वितरण गरिरहेको परिवार नियोजका अस्थायी साधनको प्रचार गर्दै बेलपत्र र दुध वितरण गरिरहेको अयोजक संस्थाका अध्यक्ष राजकुरमार साहले जानकारी दिए । यसै विच राजविराज जेसिस र समुदायिम प्रहरीहरुले पनि नि ः शुल्क रुपमा फुल, बेलपत्र, दुध , पानी वितरण गरिहेको छ ।