राजविराज । जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)का संयोजक जयकृष्ण गोइतले जिल्लाका निजि विद्यालयहरुलाई बन्दको अबज्ञा गरेको भन्दै निसानामा लिएका छन ।
गत मंगलवार राजविराज –९ स्थित पिसजोन बोडिङ स्कुललाई निसाना बनाई सकेट बम राखेको २४ घण्टा नवित्दै आज राजविराज –५ स्थित श्री लक्ष्मी बोडिङ स्कुलको मुल द्धारमा बम फेला परेको छ ।
बम संगै गोइतले नेतृतव गरेको जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)को पर्चाहरु समेत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता बन्दको अबज्ञा गरेको बताउदै मोर्चा संयोजक गोईतले बम राखेको प्रेस विज्ञप्ती मार्फत जिम्मेवारी लिएका छन । बम फेला परे लगतै नेपाली सेनाको टोलीले बम निष्कृय पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost