राजविराज– संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले राजविराज घट्नाको विरोधमा २ दिन मधेश बन्द गर्ने निर्णय गरेपनि मधेशी मोर्चा सप्तरीले अनिश्चितकालिन जिल्ला बन्दको आह्वान गरेको छ ।
प्रहरीको चलाएको गोली लागेर सोमबार ४ जनाको मृत्यू भएपछि मोर्चाले अनिश्चितकालिन बन्दको आह्वान गरेको हो ।
एमालेको मेची–महाकाली अभियान अन्तर्गत गजेन्द्र नारायण सिंह राजविराज औद्योगिक क्षेत्रमा कार्यक्रम चलिरहँदा बाहिर प्रहरी र प्रदर्शनकारीबीच पटक–पटक झडप भएको र सोही क्रममा प्रहरीले चलाएको गोली लागेर ४ जनाको मेहताको मृत्यु भएको थियो ।
मृत्यू हुनेमा गाविस मलेठ ३ निवासी २५ बर्षीय सञ्जन मेहता सोही गाविस वडा नम्बर ४ निवासी ३५ बर्षीय पिताम्बर मंडल, प्रसवनी ७ निवासी ४१ बर्षीय दिगम्बर यादव र राजविराज ९ निवासी आनन्द साहको प्रहरीको गोली लागेर मृत्यू भएको हो ।
मृतक ४ जना मध्ये मेहता र मंडलको घट्नास्थलमै तथा साह र यादवको उपचारका क्रममा विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा मृत्यू भएको जनाइएको छ ।
मोर्चाले गरेको बन्दका कारण सप्तरीमा मंगलवार विहानै देखि लामो तथा छोटो दूरीका सवारी साधान चल्न सकेका छैन् भने शैक्षिक संस्था, उद्योग कलकारखाना बजार बन्द रहेको छ ।
सदरमुकाम राजविराज, भारदह, कञ्चनपुर सहितका स्थानमा मोर्चाका कार्यकर्ता प्रदर्शन गरिरहेका छन् ।
बन्दका कारण सदरमुकाम राजविराजमा आमसर्वसाधारणको चहलपहल कम देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको