राजविराज – राजविराजमा कर्फ्यु लगाईएको सम्बन्धी केही संचार माध्यमहरुमा आएको समाचार भ्रमपुर्ण रहेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद उपाध्ययले जिल्लाको सुरक्षा स्थिती हाल नियन्त्रमा रहेको बताउदै तत्कालै कर्फ्यु आदेश जारी गरीहाल्नु पर्ने आवश्यकता नरहेकाले हाल कर्फ्यु नलागाइएको बताए ।
उनले अव आउने सुरक्षा सम्बन्धी रिपोटिङको अधारमा अगाडी बढने तथा कर्फ्यु आदेश जारी गर्नु पुर्व नगरवासीलाई जाजानकारी गराईने समेत बताए ।