राजविराज । सप्तरीमा सोमबार प्रहरीको गोली लागि घाईते भएका विरेन्द्र महतो उपचारको क्रममा मृत्यु भए पछि आन्दोनमा उत्रेका लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरु आज बढी आक्रोसित भएका छन ।
मोर्चका नेता तथा कार्यकर्ताहरुले एमाले नेता सुमन प्याकुरेल र निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवको रजविराज स्थित रहेको घरमा तोडफोड गरेको प्रहरीले जनाएको छ । तोडफोडवाट झ्यालको सिसा फुटनुको साथै केही फर्निचर समानहरुमा क्षति पुगेको जनाईएको छ ।
यस्तै मोर्चाको कार्यकर्ताहरुले निर्वाचन कार्यलयमा समेत ढुङ्घामुडा गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । एमाले नेता प्गाकुरेलको घरमा मोर्चाको कर्यकर्ताहरुले आगजनीको समेत प्रयास गरेको थियो । प्रयास बिफल भएपछि प्याकुलको घरमा रहेको साईन बोड र पर्निचरको समान सडकमा ल्याई आगो लगाएका थिए ।