काठमाडौं  । सरकार, राजनैतिक दल गम्भिर नबने तराई मधेसमा ठूलो भुईचालो आउन सक्ने नेपालको गुप्तचर संसंस्थाले बताएको छ । राष्ट्रिय अनुसन्धान विभागले तराई–मधेसको वस्तुस्थिति र हिंसाका सम्भावित घटनाबारे सरकारलाई गत साता नै अवगत गराएको जनाउँदै राजनीतिक दल, सरकार गम्भिर नहुदाँ सप्तरीमा अप्रिय स्थिति आएको दावी गरेको हो । अनुसन्धानका एक अधिकारीले भने,‘सरकारलाई विभागले गम्भिर हुन भनिसक्दा अटेर गरेका कारण सप्तरीमा घटना घटेको हो ।’ ती अधिकारीले सरकार, राजनैतिक दल गम्भिर नभए नेपालबाट तराई अलग हुन सक्ने बताए । उच्च स्रोतका अनुसार, पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सुरक्षा परिषद् सचिवालय, गृहमन्त्री, केन्द्रीय सुरक्षा समिति बैठक र गृहसचिवलाई गुप्तचरका अधिकारीले बारम्बार तराई–मधेसको स्थिति नियन्त्रणबाहिर जान सक्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको