राजविराज । प्रहरीद्वारा आफ्ना चारजना कार्यकर्ताको हत्या गरेको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताले राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारी चढेको गाडीमा आज तोडफोड गरेका छन् । आयोगको रिपोटिङ सकाएर राजविराज तिर आईरहेको अवस्थामा मलेठको नहर चौक स्थित आयोगको बा ७ च ७४७९ नंम्बरको गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ । तोडफोड संगै गाडीमा आगजनी गर्ने प्रयास समेत गरिएको प्रबक्ता अन्सारीले बताए ।
तोडफोडबाट गाडीको झ्यालको शिशा फुट्नुका साथै क्षति पुगेको छ । त्यस्तै कार्यकर्ताले राजविराज–४ मा रहेको भूमिसुधार कार्यालयमा आगजनी गर्ने प्रयास गरेको छ । मोर्चाका कार्यकर्ताले आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा एक दर्जन गाडीमाथि ढुङ्गामुढा प्रहार गरी गाडीका झ्याल र ढोकाका शिशा तोडफोड गरी क्षति पु¥याएका छन् । मोर्चाका कार्यकर्ताले ठाउँठाउँमा टायर बालेर विरोध गरिरहेकाले राजविराजको अवस्था अहिले पनि तनावग्रस्त छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको