राजविराज । राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अंसारीले सप्तरीको मलेठमा गत सोमवार ४ जनाको ज्यान तथा दर्जर्नौ घाईते भएको घटना स्थानीय प्रशासनको कमजोर सुरक्षा नीतिका कारण भएको वताएकी छिन् ।
घटना वारे सत्यतथ्य वुझन विहिवार राजविराज आईपुगेकी प्रवक्ता अंसारीले घटना स्थल, स्थानीयवासी, प्रहरी, प्रशासन, विभिन्न राजनैतिक दलका प्रतिनिधी, अधिकारवादी र सञ्चारकर्मीसँग जानकारी लिएपछि सो कुरा वताएकी हुन् । ‘प्रारम्भिक अनुसन्धानमै उक्त घटना सुरक्षा कमजोरीका कारण भएको देखिएको छ’ उनले भनिन्–‘घटनाको सवै सत्यतथ्य केहि दिन भित्रै सार्वजनिक गर्नेछु ।’
उनले मानव अधिकारको रक्षा गर्ने पहिलो जिम्मेवारी सरकारकै भएको जिकिर गर्दै सप्तरीमा हुन सक्ने सम्भावित दुर्घटनालाई रोक्न सरकारले अपनाउनु पर्ने रणनीति र सुरक्षा निकायलाई दिनुपर्ने आवश्यक निर्देशन समयमै दिन नसकेको दोषारोपण पनि गरे ।
उनले घटनाका वास्तविक पात्रहरु चिनी सकेको र सो वारे पनि प्रतिवेदनमा सार्वजनिक गर्ने जानकारी दिईन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको