काठमाडौं– एक साताभित्र आफ्ना माग पुरा नभए सरकारबाट समर्थन फिर्ता लिने मधेशी मोर्चाको चेतावनी आज सकिदैछ । मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता भएको छ ।

यही विषयमा छलफल गर्न मधेशी मोर्चाको सचिवालयको वैठक बस्दैछ ।  तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यलय बबरमह लमामोर्चाको बैठक वसिरहेको छ  ।

मोर्चाले एक साता अगाडि प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउदै आफुहरुका माग पुरा नभए सरकारलाई दिएको समर्थन स्वतह फिर्ता हुने  चेतावनी दिएको थियो ।

गत फागुन २५ मा मोर्चाले पाँच बुँदे ज्ञापन पत्र बुझाउँदै सात दिनभित्र  चेतावनी दिएको थियो ।आज राति १२ बजे पछी मोर्चाको सर्मथन स्वतह फिर्ता हुने राष्टिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए ।

सप्तरी घटना भएकै दिन साँझ मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, रातारात उक्त निर्णयबाट मोर्चा पछाडि हटेको थियो ।

त्यसपछि एक साताको अल्टिमेटमवाला ज्ञापन पत्र मोर्चाले अगाडि सारेको थियो । मोर्चाले सर्मथन फिर्ता लिएपनि सरकार समस्यामा नपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको