राजविराज । सप्तरीमा भएको घटनालाई समिक्षा गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीको बैठक आज राजविराजमा सम्पन्न भएको छ ।
बैठकले चैत्त १३ गते मोर्चाका केन्द्रीय अध्यक्षहरुलाई बोलाई राजविराजमा रहेको अद्यौगिक क्षेत्रमा श्रद्धान्जली सभाको अयोजना गर्ने , मृत्यु भएका परिवारहरुलाई संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा सप्तरीको तर्फबाट क्रिया खर्च बापत ५१ हजारका दरले सबैलाई सयोग गर्ने र सप्तरीको प्रत्येक क्षेत्रमा आज देखी भण्डाफोर कार्यक्रम र श्रद्धान्जली सभाको आयोजना गर्ने सप्तरी मोर्चाले निर्णय गरेको मोर्चाका जिल्ला संयोजक दिनेश यादवले जानकारी दिए ।
मोर्चाले चैत्त ३ गते सप्तरीका कार्यालय प्रमुखहरु संग घटनाको विषयमा अन्र्तक्रिया कार्यक्रम समेत गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको