राजविरावज । व्यवस्थापिका संसदको गठित सामाजिक न्याय तथा मानवअधिकार समिति अन्तर्गतको सप्तरी घटना छानवीन उपसमितिले आज सप्तरीको मलेठ घटना सम्बन्धमा स्थलगत अध्ययन गरेको छ ।
उपसमितका संयोजक सांसद मोख्तार अहमदको संयोजकत्वमा सप्तरी आईपुगेका टोलीले घटना स्थल अवलोकन गरी घटनाका बारेमा मृतक परिवार, प्रत्यक्षदर्शी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सुरक्षाअधिकारी तथा सरोकारवालाहरुसँग छलफल गरेका छन् ।
छलफलमा संयुक्त लोकतान्त्रिक मधेशी मोचौको जिल्ला संयोजक निदेश यादवले घटना सम्बन्धी सम्पुर्ण जानकारी गराएका थिए ।
राजनिति दल तथा मोर्चा संग जानकारी लिई सकेपछि संयोजक अहमदले सप्तरीको घटना दुःखद भएको र त्यसमा व्यापक दमन भएको बताए । टोली अध्ययन गरेको घटनाको प्रतिवेदन मूल समितिलाई दिने र मूल समितिले प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई बुझाउने जानकारी दिए ।
पाँच साँसद सहित सात सदस्यीय टोलीमा काँग्रेस साँसद मोख्तार अहमद, एमाले साँसद बसुन्धरा रोकाया, माओवादी केन्द्रका साँसद दुलारी हरिजन, राप्रपाका साँसद श्यामसुन्दर टिवेटेवाला, फोरमका साँसद उषा यादव, रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost