राजविराज । समाजसेवी तथा युवा नेता ज्याोती झाले स्थानिय निकायका निर्वाचन जसरी भए पनि हुने बताए छन । राजविराजमा माई संचार डटकम संग कुरा गर्दै नेता झाले मधेशी मोर्चा संग सहमती गरेरै चुनाव हुने ठोकुवा गरे ।
उनले मोर्चाको नेताहरुपनि आन्तरिक चुनाको तयारीमा लागेको बताए । उनले भने’ मोर्चाको नेताहरुले मधेश र मधेशी जनताका लागि इमान्दारी पुर्वक कर्तव्य निभाउन सकेको अवस्तथा छैन , त्यसैले अवको जिम्मेवारी सरेर नेतृत्व अर्कै तिर हस्तान्तरण हुने संकेत देखिएको छ । नेतृव परिर्वतन भए सँगै मधेशमा नयाँ शक्तिको जन्म हुने र अधिकारका लागि आगाडी बढ्ने समेत बताए ।
उनले यथा अवस्थामा समाज परिर्वतनका लागि निर्वाचनको आबश्यकता रहेकाले मधेशी जनताको अति आवश्यक माग सम्बोधन गरी पनि चुनाव हुने बताए । उनले मधेश र मधेशीको माग पुर हुन अझै समय लाग्ने भएकाले निर्वाचनमा जानुको विकल्प नरहेको बताए ।
एक अर्को प्रसंगमा ‘उनले भने विपन्न बर्गका मधेशी र नेपाली दुबै ,राज्य संग पिडित रहेकोले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । झाले समाजिक कुरितिलाई अनत्य गर्ने पारिपाटिको विकासका लागि युवाहरु लागि परेको बताए ।
समाज ,गाउँ लाई विकसित बनाउन स्थानिय निर्वाचन आवश्यक रहेकाले पनि सहमतिको बाटोबाट मधेशमा निर्वाचनको प्रक्रिलाई अगाडी बढउनु पर्ने बताए । उनले भने’ देशको असमान्य अवस्थाले पनि युवाहरु बेरोजगार भएको छ ‘यसको सबै दोष नेतृव बर्गमा जान्छ । देश स्थितर नभएर उद्योगी व्यापरी र लगानीकर्ताहरु पनि व्यवसाय गर्नबाट डराउँछ यसबाट युवाबर्गहरुलाई प्रत्येक्ष रुपमा घाटा भएको उनले बताए । उनले सबै मिलेर देशलाई निर्वाचनको माध्यमबाट निकास दिनु पर्नेमा जोड दिए ।