राजविराज  \मधेशी पत्रकार समाजका केन्द्रीय सचिव तथा आवरण मिडिया प्रालिका सम्पादक संजीव बिक्रम शाह सहित नेपालका १५ जना पत्रकारको टोली बैशाख ३१ गते एक साताका लागि भारत भ्रमणमा जाने भएका छन् ।
भारत सरकारको सहयोगमा साह सहित नेपालको विभिन्न जिल्लाका पत्रकारहरु भारत भ्रमण्का लागि आइतवार विहान दिल्लीतर्फ प्रस्थान गर्ने भएका हुन् ।
भारतीय दुतावास प्रेस, सूचना एवं संस्कृति विभागका अनुसार दुई देश बिचको सम्बन्ध अझ सुदृढ गर्न तथा सञ्चार माध्यममा समयसापेक्ष हुने नयाँ प्रविधिबारे अध्ययन अवलोकन गर्नुका साथै राजनीतिक भेटघाट गर्ने कार्य रहेको छ ।
टोलीले भारतका रक्षामन्त्री अरुण जेटली, गृहमन्त्री राजनाथ सिंह, सञ्चारमन्त्री, प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव एस. जयशंकर, विदेशमन्त्री सुष्मा स्वराजलगायतकासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । टोलीले नयाँ दिल्लीस्थित भारतीय सरकारी सञ्चारमाध्यमको अवलोकनका साथै निजी क्षेत्रका आजतक, इण्डिया टि.भी., जी मिडियाका सम्पादकहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
पत्रकारहरुको टोली भारतको दिल्ली , गुजरात, गोवा, सिमला र बेंगलौरसमेतको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
टोलीमा पत्रकारहरु आतिश कुमार मिश्र, बैद्यनाथ यादव , छविलाल वाग्ले, जगदीश प्रसाद भट्टराई, कमलेश मण्डल, राजु चौधरी, रोशन श्रेष्ठ, सं सन्तोष कुमार पटेल, शेखर अधिकारी, उषादेवी पन्त, मदन चौधरी, स्वेता सिन्हा र जनकराज सापकोटा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको