जनकपुरधाम । नेपालका लागि भारतीय राजदुत मञ्जीव सिंह पुरीले नेपाल सञ्चालित विकास योजनाहरु छिटै पुरा हुने बताए ।

नेपालमा सञ्चालित विकास योजनाहरु मध्ये सबैभन्दा महत्वपूर्ण मानिएको हुलाकी राजमार्ग एक वर्ष भित्र सम्पन्न हुने बताएका छन् ।जनकपुरमा विहिबार नेपाल भारत मैत्री यूवा संघको आयोजनामा भएको कार्यक्रममा भारतीय राजदुत पुरीले भारत सरकारको लगानीमा नेपालको धेरै आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेको बताउदै निर्माणाधिन अवस्थामा रहेको मध्ये हुलाकी राजमार्ग प्रमुख भएको बताए । उनले तराई मधेशको लागि राजमार्गको रुपमा परिचित हुलाकी राजमार्ग निर्माणमा भारतीय केन्द्रिय सरकार पनि चासो रहेको बताउदै आउदो एक वर्षभित्र हुलाकी सडक सम्पन्न गर्नेमा जोड दिने बताए ।
नेपाल भारत मैत्री युवा संघद्वारा जनकपुरमा आयोजना गरिएको स्वागत एवं सम्मान कार्यक्रममा २४ औं राजदूतको रुपमा नेपाल आएका मञ्जीव पुरीले नेपाल र भारतको सभ्यतालाई जोडेर राख्न जनकपुरधामको महत्वपूर्ण भुमिका रहेको बताउदै नेपाल र भारत बीचको रेल्वे सञ्चालन आए दुवै देशको पर्यटन प्रबद्र्धनमा समेत महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताएका छन् ।
नेपाल भारत मैत्री युवा संघका अध्यक्ष तथा सांसद महेन्द्र यादवको अध्यक्षतामा भएको स्वागत एवं सम्मान कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका सांसद डा. विजय कुमार सिंह, दिनेश प्रसाद साह सहितका वक्ताहरुले नेपाल र भारतको सम्बन्धलाई बढाउनुपर्नेमा जोड दिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको