सिरहा  । सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालयमा बम बिस्फोट भएको छ ।

आज दिउँसो अज्ञात समुहले यातायात व्यवस्था कार्यालय परिसरमा प्रेसर कुकर बम विस्फोट गराएको ईलाका प्रहरी कार्यालय लहानका डि एस पि हिरा बहादुर पाण्डेले जानकारी दिए ।  ।

शौचालय भित्र राखिएको बम बिस्फोट बाट कार्यालयमा क्षति पुगेको बताइएपनि कुनै मानविय क्षति भने भएको छैन ।

सुचना टाँस गरी आजको लागी कार्यालयको सम्पुर्ण काम काज ठप्प पारिएको यातायात ब्यबस्था कार्यालय लहानका प्रमुख ओमकर प्रसाद न्यौपानेले जानकारी दिनुभएको छ । विस्फोटको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । घटनापछि सो क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बम बिस्फोटको घटना पछी कायकर्ता भेटघाटको क्रममा सिरहाको लहान आएका भौंतिक पुर्वाधार तथा यातायात राज्य मन्त्रि सिताराम महतो , नेपालि काग्रेस क्षेत्र नं. ४ का संसद एवम जिल्ला सभापती रामचन्द्र यादबले यातायात ब्यबस्था कार्यालय लहानको अनुगमन गरेको थियो । बम बिस्फोटको घटनाको सत्य तथ्य छानबीन गरीने डि एस पि पाण्डेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको