काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल सम्मिलित संघीय गठवन्धन दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा जाने लगभग पक्का पक्की जस्तै भएको छ ।
तर, त्यसका लागि भने सरकारले आठ दिन भित्र तीन मुख्य सर्त पुरा गर्नुपर्ने हुन्छ ।
सरकारले निर्वाचनको मिति सार्ने निर्णय गरेकै दिन मोर्चाले आमहड्ताल फिर्ता लिँदै दोस्रो चरणको चुनावमा जाने संकेत देखाएको छ । तर, संविधान संशोधन, आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता र स्थानीय तहको संख्या बृद्धिलाई भने उस्ले बटमलाईन बनाएको छ ।
गठवन्धनले जेठ ३१ को चुनावी कार्यतालिका अनुसारको उम्मेदवारी दर्तालाई लक्षित गर्दै बिहीबार र शुक्रबार तराई मधेस(थरुहट र लिम्बुवानमा आमहड्ताल लगायतका बन्दको कार्यक्रम राखेको थियो ।
तर, चुनावसँगै उम्मेदवारी दर्ता लगायतका निर्वाचन कार्यतालिका पनि पर धकेलिएका कारण मोर्चाले विरोधका कार्यक्रम रोकेकोहो ।
बुधबार विहान बसेको राजपा नेपालको बैठकले आम हड्ताल लगायतका कार्यक्रम फिर्ता लिनेनिर्णय गरेको थियषे भने उक्त निर्णयलाई संघीय गठवन्धनले पनि समर्थन गरेको थियो ।
सरकारले चुनाव सार्नु, निर्वाचन ऐन संशोधन गरेर राजपालाई पार्टी दर्ता र चुनाव चिन्ह दिने तयारी गर्नुले उसलाई चुनावमा जान दवाव बढेको छ । बन्दको कार्यक्रम फिर्ता लिए पनि गठबन्धनको बैठकले दबामूलक कार्यक्रम भने ल्यार्एको छ ।
जस अनुसार २४ गते हरेक स्थानीय तहको एक ठाउँमा विरोध सभा गर्ने र २५ गते मधेस, थरुहट र लिम्बुवानमा २ घन्टा चक्काजाम गर्ने रहेको छ ।
संघीय गठवन्धनले आठ दिन भित्र यी तीन माग पुरा नगरेचुनावमा जान नसकिने बताएको छ । सरकारले पनि यो बीचमा उस्का मागहरु पुरा गर्ने वातावरण बनाउन सकेमा राष्ट्रिय सहमतिका साथ निर्वाचन सम्पन्न हुने छ ।