काठमाडौं  । पूर्वसहमती अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार खाली गर्ने भएका छन् ।

प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले देउवाका निम्ति सरकारी निवास बालुवाटार छाड्ने तयारी गरेका हुन ।

गत साउन १९ मा प्रचण्ड प्रधानमन्त्री भएका थिए । लगत्तै उनी साउन २१ सरकारी निवास बालुवाटार सरेका थिए । सरकारी निवास छाडेर प्रचण्ड यस अघि बस्दै आएको लाजिम्पाटस्थित निवासमा सर्ने छन् ।

१० महिनाको बालुवाटार बसाईपछि प्रचण्डले सरकारी निवास छाड्न लागेका हुन् । अर्थात २१ साउनमा बालुवाटार गएका प्रचण्डले २१ जेठमा बालुवाटार छाड्न लागेका हुन् ।

भोली नै नयाँ प्रधानमन्त्रीका लागि संसदमा निर्वाचन हुँदैछ भने प्रचण्डकै प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराइसकेका छन् । प्रधानमन्त्री भएलगत्तै देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको