सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी नभए माओवादीले ८, कांग्रेसले १४ र फोरम लोकतान्त्रिकले तीन मन्त्रालय लिने अनौपचारिक छलफल भएको छ ।
तर, केही साना दल पनि सरकारमा सहभागी हुने र चुनावपछि मधेसी दल पनि सहभागी हुन सक्ने भन्दै मन्त्रालयको टुंगो पछि मात्रै लगाउने रणनीतिमा कांग्रेस र माओवादी छन् । गृहमन्त्रालय माओवादी, अर्थ कांग्रेस र स्थानीय विकास फोरम लोकतान्त्रिकले लिने सहमति यसअघि नै भइसकेको बुझिएको छ ।