विद्यार्थी जिवनवाट राजनिति सुरु गरेका जयप्रकाश यादव २०५५ साल देखी आन्दोलन गर्दै स्थानिय स्तरमा राजनिति गरेर आफ्नो समाजलाई परिवर्तन गर्ने उद्देश्य लिएर राजनीतिक जीवनलाई क्रियाशिल बनाउँदै हाल मओवादी केन्द्र बाट गाँउपालिका प्रमूखमा उठने भएपछि उहाँसंग माईसंचार डटकमले गरेको कुराकानीको सम्पादित अंश
तपाई गाउपालिकाको उमेदवार बन्ने हल्ला छ सत्य के हो ?
जनताको इच्छा अनुसार म यो गाँउ पालिको उम्ेदबार बन्ने पक्का पक्की जस्तै छ । पार्टीले निर्णय नगरे सम्म प्रचार प्रसार रोकेको छु । म उम्मेदबार हुने हल्ला ठिक सुन्नु भएको छ ।
यो गाउँपालिकामा पार्टीको सांगठनिक अवस्था कस्तो छ ?
हामीले हरेक वडामा पार्टीको संगठन बनाएको छु । जनअस्तर बाट प्रतिनिधीहरु छनोट गरेर पार्टीको संगठनलाई विस्तार गरेको छु । जसले गर्दा यस क्षेत्रको राजनीतिक संगठनलाई सुधारर्न सहयोग पुगेको छ । छिन्नमस्ता गाउँपालिका ८ वडामै कमिटिको सक्रियता उत्तिकै छ पार्टीको नीति निर्देशनमा काम अगाडी बढीरहेको छ ।
यहाँको पार्टीको भावी योजना के रहेको छ ?
– यो त पार्टी केन्द्रले तय गर्ने विषय हो । तथापी यस क्षेत्रको सवालमा जनतामाझ नजिक रहेर विकास योजनाहरु गर्दै, स्थानिय चुनावमा पहिलो स्थानमा ल्याउने प्रयासमा रहेको छ । जसले गर्दा जनतासंगको प्रत्यक्ष सरोकारमा गतिविधि अगाडी बढाउँदै लैजाने छौं ।
जनतालाई यहाँको पार्टी प्रति विश्वास दिलाउन के कस्ता योजना ल्याउनु भएको छ ?
– मओवादी केन्द्र जनतासंग नजिक रहने पार्टी हो । जनयुद्ध गर्दै नयाँ नेपाल निर्माणका लागि अघि सरेकोले जनताले विश्वास गरेका छन् ।
हामी यस क्षेत्रका भौगोलिक बनावाट हेरेर विकास कार्यलाई अगाडी बढाउने छौं । देशकै गाउँपालिकाको रुपमा विकास गर्न पहल गर्ने छु । यस क्षेत्रको साँस्कृतिक र प्राकृतिक शौहन्दार्यसंग मिल्ने गरि योजनाको कल्पना गरेका छौं । नेपाल भारतको शक्तिपिठको रुपमा छिन्नमस्ता मन्दीर यस गाउपालिकामा अवस्थित छन , जहा हजारौको संख्यामा दैनिकी भक्त जन तथा श्रद्धालुहरु आउने गर्दछ यसलाई पर्यटकीय स्थल बनाई पर्यटन व्यवसायिहरुलाई मजुबुत बनाउँदै यहाँका जनतालाई आत्मनिर्भर बनाउने योजना रहेको छ ।
अध्यक्ष भए पछि जनताको लागि के कस्तो योजना ल्याउनु हुन्छ ?
सबभन्दा पहिला युवाहरुलाई रोजगारी दिउने किसिमको योजना ल्याउने छु , बालवालिकाहरुलाई शिक्षित बनाउने कार्यक्रम छ उच्च शिक्षाको लागि कलेजको स्थापना देखी सारक्षारता कार्यक्रम सम्म ल्याउने योजना रहेको छ । यो शहरलाई व्यवस्थित बनाई यस गाउँपालिकालाई देशकै नमूना गाउँपालिका बनाउने योजना बनाएको छु । जेष्ठ नागरिकलाई वृद्धआश्रम, दिवा सेवा केन्द्र बनाउने लक्ष्य लिएको छु । खेल मैदान र धार्मिक स्थल बनाउने योजना ल्याएको छु । भारतीय सिमा नजिक भएकोले छोटी भन्सारको स्थापना गरी राजस्व संकलनलाई बढाउने लक्ष्य रहेको छ ।
यहँलाई छिन्नमस्ता गाउँपालिकाको जनताले भोट दिएर जिताउने आधारहरु के के हुन त ?
सक्रिय रुपमा राजनिति गर्दै आएको छु । यस क्षेत्र वाट संसदमा प्रतिनिधी भएकाले हाम्रो पार्टी यहाँ दुर्त गतिमा विकास गरेको छ । सडक विस्ता , कुलो नालाको कामहरु भएको छ । मेरो प्रयासमा शैक्षिक क्षेत्रमा ठुलो परिर्बतन भएको छ । यो गाउँपालिका पर्यटीयक स्थल भएकाले मन्दीर संग नजिक भएर पनि धेरैकामहरु गरेको छु । जसबाट जनताले प्रत्येक्ष रुपमा लाभान्वित भएको छ ।

छिन्नमस्ता गाउँपालिका भित्र समग्र विकासका पूर्वाधारमा के–कस्तो प्रयासहरु भईरहेको छ ?

– गाउँपालिका बनेको केही महिना मात्र भएको छ । यद्यपी यस गाउँपालिको जनताको सक्रियतामा विकासका कामहरु अगाडि बढी रहेको छ । अर्को कुरा यस क्षेत्रमा सडक बाटो विस्तार कार्य भईरहेको छ । यस गाउँपालिका बाट भातीय सडकलाई जोडने काम भइरहेको यसबाट पर्यटन व्यवसायीलाई फाईदा पुग्ने छ । केही गुरु योजनाहरु तय भएको छ जसमा सडक विस्तार, फोहोरमैला व्यवस्थापन, खानेपानी सुधार हरियाली शहर निर्माण लगायतका योजनाहरु छ ।
अन्तयमा नगरवासीलाई यहाँ के भन्नुहुन्छ र?
– विकासका कार्यमा सबै सकारात्मक रूपमा एक हुनु पर्छ । सबै मिलेमा समाज निर्माणका लागि सहज हुने छ ,त्यहि भएर यहाँको रहेका भौतिक, सामाजिक, आर्थिक तथा साँस्कृतिक पक्षलाई ख्यालमा राखी यस क्षेत्रलाई नमूना बनाउन सहयोग पु¥याने कार्यमा लाग्न सबै संग आग्रह गर्न चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको