काठमाडौं।  प्रदेश नम्बर ५ को चुनाव संकटमा पर्ने खतरा देखिएको छ । राजपाले प्रदेश नम्बर ५ को चुनाव हुन नदिने रणनीति लिन थालेपछि यस्तो खतरा उत्पन्न भएको हो ।

स्रोतका अनुसार पाँच नम्बर प्रदेशको आन्दोलनलाई थप सशक्त बनाउन राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेताहरु त्यसतर्फ लागेका छन ।

राजपा नेतृत्वको संघीय गठबन्धनका संयोजक महन्थ ठाकुरसहित राजेन्द्र महतो, अनिल झा र राजकिशोर यादव लगायतका नेताहरु ५ नम्बर प्रदेशमा पर्ने जिल्लामा आयोजना हुने सभालाई सम्बोधन गर्न आज अपरान्ह त्यसतर्फ गएको बताइन्छ ।

राजपाका एक नेताले मधेशलाई खण्डित गर्ने षडयन्त्र स्वरुप सत्तारुढ दलका नेताहरुले आफूखुशी चुनावको मिति सारेको आरोप लगाउँदै ५ नम्बर प्रदेशमा पनि असार १४ मा चुनाव हुन नदिने बताए ।

उनका अनुसार प्रदेश नम्बर २ मा मात्र चुनावको मिति सारेर सरकारले मधेशको पहिचान र अधिकारलाई पछि पार्न खोजेको उनको भनाई थियो । संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण, मधेश आन्दोलनका क्रममा पक्राउ परेकाको रिहाई, मुद्दा फिर्ता लगायतका विषयमा राजपाले अडान कायमै राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको