नवलपरासी । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) नेपालका अध्यक्ष महन्थ ठाकुर सहित शीर्ष नेता सहभागी कार्यक्रम स्थल तनावग्रस्त बनेको छ ।
स्थानीय निर्वाचन कार्यक्रमको विरोधमा राजपाले नवलपरासीको सदरमुकाम परासीमा आज लाठी जुलुस गरेको थियो ।
परासीस्थित बुद्धचोकमा राजपाले विरोध सभाको आयोजना गरेको थियो । सभामा राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको अन्तिम चरणमा अध्यक्ष महन्थ ठाकुरले सम्बोधन गरिरहँदा एक्कासी कार्यक्रम स्थल तनावग्रसत बनेको थियो ।
कार्यक्रम स्थल नजिक रहेको मध्य नेपाल यातायत व्यवसायी समितिमा बसबाट लैजानका लागि एमालेको प्रचारप्रसारका लागि टिसर्टहरु राखिएको थियो।
उक्त टिसर्टहरु महन्थ ठाकुरसहितका शीर्ष नेताकै अगाडी जलाइएका थियो । केही कार्यकर्ता टिसर्ट राखेको भन्दै मध्यनेपाल यातायात समितिमा पुगेर तोडफोड गर्न थालेपछि राजपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो ।
सो क्रममा प्रहरीले केही अश्रुग्यास र रबरको गोली प्रहार गरेको थियो नवलपराशीको रामग्राममा आयोजित बिरोध कार्यक्रममा झडपको क्रममा प्रहरी
को गोली रामेश्वर कुशवाहाको गालामा, नर्सिन चौधरीको पेटमा र सुरेष गुप्ता को जिउमा लागी गम्भीर घाईते भएका छन ।
कार्यकर्ता भए लगतै अध्यक्ष ठाकुरले बीचमै सम्बोधन छाड्नु भएको थियो ।