काठमाडौं /  कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा गठन भएको वर्तमान सरकारमा माओवादी केन्द्रलाई ९ मन्त्रालय दिने सहमति बनेको खबर छ । पार्टीभित्र चरम गुटबन्दीका कारण माओवादीलाई देउवा सरकारमा पठाउने ६ थान मन्त्रीको तनावले अहिलेदेखि नै सताउन थालेको छ ।

जनतालाई अधिकार सम्पन्न लागेपछि त्यागको कीर्तिमान बनाएका कतिपय माओवादी नेताहरु नै अप्ठ्यारो महसुस गर्न थालेका छन् । माओवादी स्रोतका अनुसार, मन्त्रीका आकांक्षीहरुले पदको चाहना पूर्ति गर्न नेतालाई भेटेर माहोल बनाउनेदेखि पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर दम्क्याउने, धम्क्याउनेदेखि थर्काउनेसम्मका काम गर्न थालेका छन् ।

माओवादी केन्द्रका केही सांसद्हरुले त पार्टी छाड्नेदेखि आत्महत्या गर्ने सम्मका धम्की स्वयं प्रचण्डलाई दिन थालेपछि बचेखुचेका केही त्यागी नेताहरुले माओवादी केन्द्रले अब गरि नखाने भयो भन्दै दिग्दारी व्यक्त गर्न थालेका छन् । सल्यानका प्रत्यक्ष निर्वाचित सांसद् टेकबहादुर बस्नेतले यस्तो लालसा देखाउनेमा आफूलाई अग्रपंक्तिमा उभ्याएको चर्चा माओवादीमा हुने गरेको छ ।

अघिल्लो मन्त्रिपरिषद्मा सहभागी हुन ठूलै दौडधुप गरेर पनि हाता लाग्यो शून्यको परिणाम झेलेका बस्नेत यसपाला चाहिँ जसरी पनि गोल गर्ने भन्दै अलि कडा रुपमा प्रस्तुत भएको माओवादी वृत्तमा चर्चा छ । स्रोतका अनुसार जनताको मत जितेर पटक–पटक निर्वाचित भए पनि पार्टीले कहिल्यै मूल्यांकन नगरेको गुनासो गर्ने यी नेताले प्रचण्डलाई भेटेरै गुनासा गरेको स्रोतको दाबी छ ।

कतिसम् मभने बस्नेतले मन्त्री नबनाए आत्महत्या गर्ने भन्दै प्रचण्डलाई धम्क्याएको चर्चाले पेरिसडाँडामा हल्लाखल्ला छ । लोकमान सिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएर चर्चामा आएका महेन्द्रबहादुर शाहीले यसपटक हाकाहाकी त्यसको ब्याज मागेका छन् । माओवादी स्रोतका अनुसार, उनले आफूलाई मन्त्री नबनाए पार्टी छाड्ने चेतावनी प्रचण्डलाई दिएका छन् ।

उनले मन्त्री नबनाउँदा जारी गर्ने प्रेस विज्ञप्तिको कपी नै प्रचण्डलाई देखाएको पेरिस डाँडातिर चर्चा छ । यसरी शाहीले धम्क्याएपछि प्रचण्डले लौ न यो शाहीलाई कसरी व्यवस्थापन गर्ने होला भनेर निकटकालाई हारगुहार गरेका छन् । दिवंगत माओवादी नेता पोष्टबहादुर बोगटीकी श्रीमती राममाया बोगटी पनि मन्त्री बन्न मसक्क कस्सिएकी छिन्, खबर साँघुमा उल्लेख छ ।

उनले पूर्वसम्धीकोमा मन्त्री बनाउन माग गर्दै निवेदन नै हालेको चर्चा लाजिम्पाटतिर छ । उनले केही दिनअघि दलबलसहित प्रचण्डलाई भेटेर महिलाको कोटामा मन्त्री पद दिन आग्रह गरेकी हुन् । पूर्वसम्धीनीको आग्रहमा नतमस्त कबनेका प्रचण्डले उनलाई मन्त्री बनाउने बचन नै दिएको बताइन्छ । रोचक के छ भने पार्टीबाट मनत्री बन्नेको नाम नटुंगिए पनि उनले प्रचण्डको आश्वासन पत्याएर स्वकीय सचिवसमेत तोकिसेको कार्यकर्ताबी खासखुस चल्ने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको