
लहान । स्थानीय अभिभावकलाई राम्रो गुणस्तरको शिक्षा उपलब्ध गराउने प्रचारबाजी गर्ने सिराहाका करिब डेढसय निजी विद्यालय कानूनी रुपले दर्ता नभएको भेटिएको छ ।
सिराहाका संस्थागत विद्यालयले स्थानीय अभिभावकलाई ठगी गर्दै विद्यार्थी भर्ना लिइरहेको गुनासो आए पछि जिल्ला शिक्षा कार्यालय सिराहाले गरेको अनुगममनको क्रममा ३८ विद्यालय बिना दर्ताको फेला परेको छ भने ए सय आठवटा विद्यालयमा तल्लो कक्षा सञ्चालन गरिरहेको पाइएको थियो ।
जसमा ३३ वटा विद्यालयले तल्लो पाँच कक्षाको अनुमति लिएर कक्षा ९ र १०, तल्लो १ र २ कक्षाको अनुमति लिएर ५१ विद्यालयले ६, ७ र ८ तथा २४ विद्यालयले अनुमति नलिई कक्षा ५ सम्म सञ्चालन गरेको भेटिएको छ ।
दर्ता नगरी निजी विद्यालय सञ्चालन शिर्षकमा गोरखापत्रमा प्रकाशित खबर ।