• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

उपेन्द्र यादवले सरकार संग पैसा लिएर चुनावमा सहभागी भएको आरोप


उपेन्द्र यादवले सरकार संग पैसा लिएर चुनावमा सहभागी भएको आरोप

काठमाडौं। राजपा नेपालका प्रभावशाली नेता मनिष सुमनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट पैसा लिएर चुनावमा सहभागी भएको आरोप लगाएका छन्।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता सुमनले उपेन्द्र यादवले सरकारसँग मोटो रकम बुझेर चुनावमा भाग लिएको आरोप लगाएका हुन्। उनले भने,‘उपेन्द्र यादव गद्दार हुन्, उनले मधेशी जनतालाई धोका दिएका छन्, उनले सरकारसँग मोटो रकम बुझेका छन्, त्यो प्रमाण म सँग छ, पर्यो भने देखाउन सक्छु।’ नेता सुमनले निर्वाचनलाई आफूहरुले सशक्त बहिष्कार गर्ने रणनीति लिएको बताए।

आयोजित साक्षात्कारमा बोल्दै नेता सुमनले शान्तिपूर्ण रुपमा चुनाव बहिष्कार गर्दापनि सरकारले आफ्ना कार्यकर्ताहरुमाथि ज्यादती, दुव्र्यवहार गरेको आरोप लगाए । उनले भने,‘शान्तिपूर्ण रुपमा चुनाव बहिष्कार गर्न पाउने हाम्रो अधिकार हो, तर यहाँ राज्यले दमन गरेको छ, यसरी गरेको चुनावले के निकास दिन्छ, जबरजस्ती जारी गरेको संविधानलाई कार्यान्वयन गर्नको लागि जबरजस्ती ढप्पा लगाउने काम मात्रै हो।’ उनले पटक पटक आफूहरु निर्वाचनको विरोधी नभएको समेत जिकिर गरे ।

उनले अहिले भैरहेको निर्वाचनलाई निर्वाचनको संज्ञा दिन नमिल्ने समेत जिकिर गरे । उनले उम्मेद्धवारी दर्ताको दिन आफूहरुले हिजो टोल–टोलमा विरोध प्रर्दशन गरेको र कालो झण्डा देखाएको तर राज्यले बन्दुकको भरमा आतंक मच्याएको आरोप लगाए । उनले मधेशका जनता शान्तिपूर्ण तवरले विरोधमा उत्रिँदा बन्दुकको आडमा बलजफ्ती गरेको गुनासो पोखे ।

उनले संविधान बलजफ्ती जारी गरेको र जारी गरेकै दिनदेखि आफूहरुले त्यसको विरोध गरेको जनाउँदै आफ्ना माँगहरु संविधानमा लिखत रुपमा स्थापित गर्नको लागि अहिले माँग्नेहरुको नाम महन्थ ठाकुर र राजेन्द्र महतो रहेको स्पष्ट पारे ।

उनले आफूहरुले स्थानीय तहको संख्या जनसंख्याको आधारमा बढाउनुपर्ने, आन्दोलनकारीलाई क्षतिपूर्ति दिनुपर्ने, निर्वाचनको माहोल बनाउनुपर्ने कुरा राख्दै आएको तर सरकारले अहिलेसम्म यसबारेमा कुनै सुनुवाई नगरेको समेत गुनासो पोखे । उनले भने,‘वार्ता तथा सम्वादको नाममा हामीलाई अल्झ्याउनको लागि धेरै प्रयत्न भए, तर हामी यसमा अल्झियनौं।’ उपेन्द्र यादव र विजयकुमार गच्छदारले मधेशी जनतालाई धोका दिएको आरोप लगाए ।

उनले हिजो भएको उम्मेद्ववारी मनोनयनमा राजपा नेपालका नेता तथा कार्यकर्ताहरुले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएको भन्ने कुरा बाहिर आएकोबारे प्रतिक्रिया दिँदै भने,‘तीनीहरुलाई कारवाही हुन्छ, पार्टीको नीति विपरित उभिनेहरुलाई हामी कारवाही गर्छौं।’

त्यस्तै उनले राजपा छोडेर अन्य पार्टीमा प्रवेश गरेको विषयमा टिप्प्णी गर्र्दै भने,‘यसले केही असर पार्दैन्, राजपा छोड्नेहरुलाई के भन्ने ? छोडेर जाने गैसक्ये।’ उनले एकाध दुईले पार्टी छोड्दैमा केही फरक नपर्ने बताउँदै भने,‘अल बिदा, आन्दोलन गर्न नसकेर, डराएर जानेहरु, भागेर जानेहरुलाई केही भन्न सकिँदैन्, जाने गए।’

असार १४ गते हुने निर्वाचनको दिन आफूहरु भजन, कृतन गरेर नबस्ने समेत उनले जानकारी दिए । उनले भने,‘निर्वाचन भैरहँदा हामी कृतन गरेर बस्दैनौं, हामी विथोल्छौं।’ सुमनले निर्वाचनको दिन आफूहरुले एमाले, कांग्रेस र नेकपा माओवादी केन्द्रको विरोधमा जति प्रर्दशन गर्ने हो त्यतिकै मात्रामा फोरम नेपाल र लोकतान्त्रिक फोरमको विरुद्धमा विरोध गर्ने बताए ।

प्रमुख दल नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले ५५ देखि ५६ प्रतिशत स्थानमा विजयी हाँसिल गर्ने दाबी गरेका छन् ।

नेता पाण्डेले अबको निर्वाचनमा आफ्नो पार्टी बलियो हुने दाबी समेत गरे । उनले भने,‘हुन त एमाले अध्यक्ष केपी ओलीले अब कांग्रेस पहिलो पार्टी बन्ने दिन गए भन्नुभयो, तर उहाँहरुलाई यो भन्ने छुट कम्तिमा दश दिनमात्रै बाँकी छ, १६ गते असार त परिणाम नै आउँछ नि, रिजल्ट हेरेपछि उहाँहरुको मुख बन्द हुन्छ।’ उनले दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै ओलीको जुँगाको ताउ सकिने समेत जिकिर गरे ।

पाण्डेले एमाले अध्यक्ष ओलीले क्याम्पस ईकाई सभापतिजस्तै गरि तल्लो स्तरमा उत्रिएर गालीगलौज गर्ने गरेको आरोप लगाउँदै भने,‘खोक्रो राष्ट्रवाद र झुठो कुरा गरेर केही हुनेवाला छैन, हामी कम्तिमापनि त्यसरी तल्लो स्तरमा उत्रिन चाहेका छैनौं, अब हामी पनि टिट फर ट्याट गर्छौं।’

उनले स्थानीय तहको निर्वाचन तीन चरणमा गराउनुको प्रमुख कारण नै एमाले भएको समेत आरोप लगाए । उनले भने,‘असन्तुष्टि सम्बोधन गर्ने जिम्मा सरकारको हो, एमालेले गैर–जिम्मेवारीपन देखाएको छ।’ यद्धपी उनले राजपा नेपालपनि दोस्रो चरणको निर्वाचनमा सहभागी हुने विश्वास आफूहरुले लिएको भएपनि त्यो पूरा नभएको जिकिर गरे।

पाण्डेले असोज २ गतेपछि अब निर्वाचन नसर्ने समेत जिकिर गरे । ‘चुनाव भनेको म्याण्डेट लिएर आउने हो नि, त्यसैले जनतामा आफ्नो एजेण्डाहरु लिएरजानुपर्छ’ उनले भने,‘चुनाव बहिष्कार गरेर असन्र्दर्भिक काम गर्नुहुँदैन्।’

पाण्डेले दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै एमालेलेपनि संविधान संशोधनको पक्षमा मत हाल्ने दाबी गरे । उनले भने,‘हेर्दै जानुहोला, एमाले अब यो निर्वाचन सम्पन्न भएलगत्तै यु–टर्न हुन्छ, उसले संविधान संशोधन गर्नको लागि पहल गर्छ।’
उनले राजपाका नेता तथा कार्यकर्ताहरुले चुनावमा भाग लिएको प्रसँगमा टिप्पणी गर्दै भने,‘चुनावमा भाग लिएका छन्।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता आनन्द पोखरेलले पनि आफ्नो पार्टीले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा ५१ प्रतिशत मत हाँसिल गर्ने दाबी गरे । उनले भने,‘लेखेर राख्नुहोस्, हामी अब हुने निर्वाचनमा ५१ प्रतिशत स्थानमा विजयी हाँसिल गर्छौं।’

पोखरेलले प्रदेश नम्बर २ मा निर्वाचन सारेर सरकारले गम्भिर गल्ती गरेको समेत टिप्पणी गरे । उनले भने,‘दुई नम्बर प्रदेशमा निर्वाचन सारेर सरकारले गम्भिर भुल गरेको छ, यो मधेशी जनतामाथिको अन्याय हो।’ उनले संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो निर्वाचन भएकोले मतदानबाट बञ्चित गराउने कार्य कसैबाटपनि हुन नहुने तर्क गरे।

उनले भने,‘राजपालाई चुनावमा भाग लिन नदिन सरकारले नाटक गरेको हो, राजपालाई पालिरहने हो भने संविधान संशोधनपनि हुँदैन्।’ पोखरेलले संविधान संशोधनको पक्षमा एमालेले समर्थन नगर्ने समेत जिकिर गरे । उनले मधेशलाई विभाजित गर्न केहीले चाहिरहेको समेत आरोप लगाए।

उनले कसैको स्वार्थ पुरा गर्नको लागि नेपाली कांग्रेसले कायरता प्रर्दशन गरेको समेत आरोप लगाए । उनले भने,‘चुनावको मिति किन सारियो भन्दा आफू हार्ने डरले कांग्रेसले सारेको हो।’ उनले २ नम्बर प्रदेशमा हुने चुनावमा पनि मधेशी जनता नै लड्ने भएकोले सिँगो मधेशी जनताको ठेक्का एउटा अमुक दलले लिन मिल्छ त ? भन्दै प्रश्न समेत तेर्साए।

उनले आफ्ना प्रहरीलाई तेजोबोध गर्नेगरि अपराधीलाई एक करोड ५० लाख पैसा बाँड्ने, अपराधीलाई रक्षा गर्ने कांग्रेस र माओवादी केन्द्रलाई जनताले किन भोट हाल्ने ? भन्दै प्रश्न गरे। उनले मधेशमा पनि आफ्नो पार्टी पहिलो बन्ने दाबी गरे । पहिलो चरणको निर्वाचनमा पनि आफ्नो पार्टीविरुद्ध मोर्चाबन्दी गरेर आईलाग्दापनि आफूहरुले विजयी हाँसिल गरेको भन्दै प्रदेश नम्बर १, ५ र ७ प्रदेशमा पनि आफ्नो पार्टी पहिलो बन्ने दाबी गरे।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारीले कति प्रतिशत जित्ने या नजित्ने भन्ने कुरा ज्योतिषीले बताउने कुरा भएको भएपनि आफ्नो पार्टीले ४० प्रतिशतभन्दा बढि स्थानमा विजयी हाँसिल गर्ने दाबी गरे । उनले भने,‘माओवादी केन्द्रले पहिलो चरणको निर्वाचनभन्दा राम्रो गर्छ, भोट हाँल्ने जनताले हो, अहिले नै यस्तो दाबी गर्नुहुँदैन्, तर पश्चिम, सुदुरपश्चित पुर्वमा चुनाव हुँदैछ, हामी ’

तपाईको प्रतिक्रिया !

Related Posts

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

धनुषामा अंश विवादका कारण बुबाको हत्या छोरा पक्राउ

लागूऔषधसहित लहानबाट एक जना पक्राउ

ताजा समाचार
शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र


आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह


बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो