
सप्तरी । कांग्रेस, एमाले, माओवादी र राप्रपा लगायत अन्यबाट पाँच सयभन्दा बढी नेता कार्यकर्ताहरु राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेका छन् । आज सप्तरकिो कंचनपुर बलुवामा आयोजित पार्टी प्रवेश तथा विरोधसभामा विभिन्न पार्टीका प्रभावशाली नेताहरु राजपा नेपालमा प्रवेश गरेका छन् । पार्टी प्रवेश तथा विरोधसभामा राजपा नेपालका अध्यक्ष मण्डलका केन्द्रीय अध्यक्षहरु राजेन्द्र महतो,शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव सहभागी थिए । यसैगरी, वरिष्ठ उपाध्यक्षद्वय मृगेन्द्र सिंह यादव र शेखर कुमार सिंह, महासचिव केशव झा, सहमहासचिव जयप्रकाश ठाकुर, गजेन्द्र मण्डलको विशेष उपस्थिति रहेको थियो । कल्पना चौधरीको नेतृत्वमा ५०० जना भन्दा बढी नेता तथा कार्यकर्ताहरु राजपा नेपालमा प्रवेश गरेको छन् ।