राजविराज असार । वाढिले पिरोली रहेका प्रभावित क्षेत्रमा एक्कासी सर्प दंशको घटनामा समेत उल्लेख्य वृद्धि भएपछि पीडितहरु थप त्रसित भएका छन् ।
विगत दुई साताको अवधिमा वाढि प्रभावित क्षेत्रका ४५ जना सर्पको टोकाईवाट घाईते भएपछि वाढिवाट पीडित स्थानीयहरु थप त्रसित वनेका हुन् ।
वर्षा न हुँदा कमै मात्र सर्पको टोकाईवाट पीडित हुने गरेकोमा अविरल वर्षासँगै आएको वाढिपछि सर्पको टोकाईवाट अस्पतालमा भर्ना हुनेको संख्या एक्कासी वद्धि भएको स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालको ईमर्जेन्सि शाखाका सिनियर अहेव जयकृष्ण गुरमैताले वताए ।
उनका अनुसार दुई साता यता सर्पको टोकाईवाट पीडित भएर आउनेको स्रख्या प्रत्येक दिन २ देखि ६ जनासम्म हुने गरेको छ । जसमध्ये अधिकांश वाढिवाट प्रभावित भेडिया, सकरपुरा, रम्पुरा मलहनीया, मैनाकडेरी, वसविट्टि, मलेठ, वोरीया, कटैया र प्रसवनीका छन् ।
पछिल्लो पटक सर्पको टोकाईवाट मंगलवार कटैया २ की ४० वर्षिया उम्दादेवी यादव, राजविराज १० की ७ वर्षिया चाँदनी यादव, वोरिया ७ की २८ वर्षया मालादेवी यादव र प्रसवनी ४ की ३ वर्षिया द्रौपदि मण्डल घाईते भई अञ्चल अस्पतालमा उपचारका लागि भर्ना भएका छन् ।
योसँगै २ साता यता सर्पको टोकाईवाट घाईते हुनेको संख्या मंगलवारसम्म ४५ पुगेको छ । विभिन्न रोग र सर्पदंशवाट पीडितहरुको संख्या अत्याधिक भएपछि वेडको अभावमा भुईमै राखेर भएपनि उपचार सेवा प्रदान गरिरहनु परेको उनको भनाई छ ।
यसरी सर्प दशंका घटना उल्लेखनीय रुपमा वृद्धि हुँदै गएपछि अस्पतालले एण्टि स्नेक भेनम नामक औषधी पर्याप्त मात्रामा झिकाएको उनले जानकारी दिए । अर्कोतिर गर्मी र वर्षासँगै ज्वरो, झाडा पखाला र रुघाखोकीका विरामीको पनि चाप वढेको छ ।
दैनिक १५–२० जना विरामी आउने अस्पतालमा गर्मी र वर्षा वढेपछि अहिले ४० जनाभन्दा वढि विरामी आउने गरेको ईमर्जेन्सि शाखाका अहेव गुर्मैताले वताए । गर्मी मौषममा भाइरल संक्रमण वढि हुने भएकाले विरामीको चाप वढेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको