राजविराज–सप्तरीका प्रहरी प्रमुख अनुराग द्विवेदीलाई प्रहरी मुख्यालयमा झिकाईएको विषयले यहाँ निकै चर्चा पाउन थालेको छ ।
जिल्लाको शान्ति सु–व्यवस्था सुदृढ बनाउँदै लगेको बेलामा प्रहरी प्रमुख द्विवेदीलाई प्रहरी मुख्यालयमा झिकाउनु मधेशी माथिको भेदभावपूर्ण रवैया रहेको स्थानियहरुले बताएका छन् ।
२८ असारमा नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादव र सार्वजनिक सरोकार केन्द्रका अध्यक्ष रामकुमार यादवले जिल्ला प्रशासन कार्र्यालय सप्तरी मार्फत गुहमन्त्रालय तथा प्रहरी प्रधान कार्यालयमा प्रहरी प्रमुख द्विवेदीलाई सप्तरी फिर्ता गराउन माग गरेको छ । सुखराम एमाले पार्टीका तर्फबाट राजविराज नगरपालिकाका मेयर पदका घोषित उम्मेदवार हुन् ।
जिल्ला प्रशासन कार्यालय मार्फत बुझाईएको ज्ञापनपत्रमा भनिएको छ ‘जिल्लाको शान्ति सुरक्षालाई सुदुृढ बनाउँदै गएका बेला प्रहरी उपरीक्षक अनुराग द्विवेदीलाई एक्कासी राजनैतिक आग्रह पूर्वाग्रह र शक्ति केन्द्रको दवावमा अनयन्त्र सरुवा गर्ने मनसायले प्रहरी मुख्यालयमा झिकाईएको छ ।’
द्विवेदीको कार्यकालमा जिल्लामा शान्ति सद्भाव र शान्ति सुरक्षाको अवस्था सुदृढ भएको तथा जनताले पनि शान्ति सुरक्षको प्रत्याभूती गर्न पाएको भन्दै अविलम्ब उनलाई पूर्ण जिम्मेवारीका साथ सप्तरीमा पठाउन ज्ञापनपत्र मार्फत माग गरिएको छ ।
यस्तै सामाजिक सञ्जाल फेसवुकमा पनि द्विवेदीलाई प्रहरी मुख्यालय बोलाउनु पूर्वाग्रही भएको टिप्पणीहरु भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको