काठमाडौं साउन । भारत सरकारले नेपालको हुलाकी राजमार्गअन्तर्गतको १० वटा सडक निर्माणका लागि झण्डै २४ करोड रुपैयाँ दिएको छ । भारतले सडक निर्माणका लागि लाग्ने कूल बजेटको २५ प्रतिशत रकम अग्रिम भुक्तानी गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रमका बीच भारतीय राजदूत मन्जिव सिंह पुरीले मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई १४ करोड ८३ लाख ६७ हजार ९ सय ७७ भारतीय रुपैयाँ (२३ करोड ७३ लाख ८८ हजार ७ सय ६३ नेपाली रुपैयाँ)को चेक हस्तान्तरण गरेका छन् ।

नेपाल र भारत सरकारबीच हुलाकी राजमार्ग अन्तरगतको १० वटा सडक निर्माण भारत सरकारले गर्ने समझदारी भएको थियो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव कार्कीले भारतले हुलाकी राजमार्ग अन्तर्गतको १० वटा सडक निर्माणका लागि २५ प्रतिशत रकम अग्रिम भुक्तानी गरेर सहयोग गरेकोमा आभार व्यक्त गरेका छन् ।

उनले भारत सरकारको आर्थिक सहयोगमा संचालित सडक निर्माणको काम समयमै सम्पन्न हुने प्रतिवद्धता पनि व्यक्त गरे । यस्तै, भारतीय राजदूत सिंहले हुलाकी राजमार्ग अन्तरगतका १० वटा सडक निर्माणका लागि सहकार्य गर्ने अवसर पाएकोमा भारत सरकार खुसी रहेको बताए । नेपालको पूर्वाधार विकासमा आवश्यक लगानी गर्न भारत सधैं तयार रहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको