काठमाडौं, श्रावण ७ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गोविन्द कुमार साह र सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीलाई यथाशिघ्र कार्यस्थल फिर्ता पठाउन पर्सा तथा सप्तरीका बुद्धिजिविहरुले माग गरेका छन् ।

जिल्लाको शान्ति सुरक्षामा गम्भीर रहेका पर्साका प्रहरी उपरीक्षक साहलाई केही तस्कर र व्यापारीहरुको दबावमा बिना कारण पर्साबाट काठमाण्डौं तानिएको भन्दै अविलम्ब पर्सा फिर्ता गर्न पर्सावासीले माग गरेका हुन् ।

जिल्लामा आएकै दिनदेखि तस्करीलाई पूर्णरुपमा बन्द गराएका साहले अवैद्य व्यापारीक कारोबारहरुलाई समेत नियन्त्रण गर्न थालेपछि तस्करी गर्न नपाएका केही व्यापारी र तस्करसंग साँठगाँठ रहेको केही राजनीतिक दलका नेताकार्यकर्ताको दुष्प्रयासका कारण प्रहरी प्रधान कार्यालयमा तानिएको एमाले नेता मनोज चौधरीको दाबी छ ।

प्रहरी उपरीक्षक साहलाई पर्साबाट हटाउन केही भारतीय व्यापारीहरुले समेत लबिङ गरेको स्रोतको दाबी छ । साहलाई पर्सा फिर्ता ल्याउनु पर्ने भन्दै पर्साका स्थानीय बुद्धिजिवि, राजनीतिक दलका अगुवा, यूवाहरुको डेलिगेशन गृहमन्त्रीसमक्ष पुगेको काँग्रेस पर्साका सभापति अजय द्विवेदीले बताए ।

प्रदेश नं. २ का ८ जना सभासदको टोली प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष र माओवादी केन्द्रको टोलीलेसमेत गृहमन्त्री जर्नादन शर्मा समक्ष यस विषयमा जानकारी गराएको माओवादी पर्साका नेता जालिम मियाँले बताए । तत्कालिन समयमा राजा विरेन्द्रको हातबाट गोरखा दक्षिण बाहु र ४ ग्रेड थप पाएका प्रहरी उपरीक्षक साहलाई प्रहरी निरिक्षकबाट डिएसपीमा बढुवा हुने बेला र एसपीमा बढुवा हुने बेलासमेत विभेदको शिकार हुनु परेको उनका ब्याचका प्रहरी पदाधिकारीहरुको भनाई छ ।

२०४९ सालमा प्रहरी निरिक्षकमा भर्ना भएका साहलाई २०५२ को ब्याचसंग प्रहरी उपरीक्षकमा बढुवा गरिएको र त्यसमा पनि एक नम्बरमा पाउनु पर्ने व्यक्तिको नाम अन्तिममा रहेको तथ्यले पनि प्रहरी संगठन भित्रको विभेदलाई प्रष्टयाएको साहको गृह जिल्ला धनुषाका बुद्धिजिविहरुको धारणा छ । उत्ता सप्तरीमा दरबन्दी रहेको प्रहरी उपरीक्षक अनुराग द्विवेदीलाई फिर्ता गर्न सप्तरीका बुद्धिजिविहरुले माग गरेका हुन् । एमालेको मेचि महाकाली अभियानको क्रममा सप्तरीको सुरक्षा अवस्था खलबलिएको बेला द्विवेदीलाई सप्तरी पठाइएको र शान्ति सुरक्षामा सुधार आएको अवस्थामा काठमाडौं तानेर अन्याय गरिएको भन्दै सप्तरीका बुद्धिजिविहरुले उनलाई फिर्ता दिन माग गरेको उद्योग वाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधानले बताए । प्रहरी उपरीक्षक साह र द्विवेदीलाई एकैसाथ प्रहरी प्रधान कार्यालयले २४ घण्टा भित्र हाजिर हुन आदेश गरेको थियो । मधेशी मूलका यी दुवै प्रहरी उपरीक्षक प्रहरी संगठन र राजनीतिक ग्राण्ड डिजाईनको शिकार भएको अनुमान गरिएको छ । सोधपुछका लागि प्रहरी उपरीक्षक द्वयलाई हेडक्वार्टर बोलाइए पनि प्रहरी प्रधान कार्यालयले एक साता बित्तिसक्दासमेत यस विषयमा कुनै कुरा नगरि मौन बसेको स्रोतको भनाई छ । यसै सन्दर्भमा प्रश्न गर्दा प्रहरी उपरीक्षकद्वयले भने “ हामीले के कस्ता कार्य गरेका छौं त्यहाँका स्थानीय जनता साक्षी छन्, काठमाण्डौंमा बसेका छौं, हेरौं के हुन्छ ?” कसुर, छानबिन तथा कारवाहीको सम्बन्धमा मौन बसेर प्रहरी प्रधान कार्यालयले दरबन्दी रहेको स्थानबाट बोलाएर प्रहरी उपरीक्षकद्वय संग भएको विभेदलाई प्रष्टयाएको सुरक्षा निकायका जानकारहरुको भनाई छ । सरुवा नै नभएको अवस्थामा यसरी दुवै प्रहरी उपरीक्षकलाई प्रधान कार्यालयमा झिकाइएपछि मानसिक पीडा यातना खेपिरहेका प्रहरी उपरीक्षकद्वय साह र द्विवेदी पदबाट राजिनामा दिने सोंचमा पुगेको स्रोतले दाबी गरेको छ । प्रहरी संगठन भित्रको राजनैतिक हस्तक्षेप र विभेदका कारण जनमुखी भएर काम गर्ने पदाधिकारीहरुको मनोबल घट्दै जाने निश्चित रहेको जनगुनासो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको