काठमाडौं, ७ साउन । गृहमन्त्री जनार्दन शर्माले नेपाल प्रहरीभित्र चलखेल सुरु गर्दा सुरक्षा निकाय अस्तव्यस्त बन्ने खतरा पैदा भएको छ ।

एआइजीको रिक्त दरबन्दीअनुसार बढुवा गर्दा आफ्ना छुट्ने भएपछि ३ पदबाट बढाएर ११ पुयाएका गृहमन्त्रीले पुनः २ पद थप्ने तयारी गरेसँगै यस्तो खतरा बढेको हो ।

११ पद पुयाएर बढुवा सिफारिससूची सार्वजनिक गरे पनि ‘आफ्ना’ छुटेकाले थप्न दबाब आएपछि सत्ताधारी २ प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्र एआइजीको दरबन्दी १३ पुर्याउन सहमत भएको र गृहमन्त्रीको चलखेलमा यस्तो हुन थालेको बताइन्छ ।

मन्त्रिपरिषद् स्रोतकाअनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रहरीमा एआइजीका दुई दरबन्दी थप्न सहमति भइसकेको छ । सहमतिअनुसार अब बस्ने मन्त्रिपरिषद्ले औपचारिक निर्णय गरेर गृहले थप २ जनाको बढुवासूची निकाल्ने तयारी भएको छ ।

स्रोतकाअनुसार बढुवा सिफारिसमा छुटेका हेमन्तबहादुर पाल र मधुप्रसाद पुडासैनीलाई एआइजी बनाउन थप २ पद बढाउने तयारी गरिएको हो । पुडासैनी कांग्रेस काठमाडौं कोषाध्यक्ष विष्णु पुडासैनीका पारिवारिक सदस्य हुन् ।

पुडासैनीलाई एआइजी बढुवामा छुटाएकोमा कांग्रेस नेता रामचन्द्र पौडेल रुष्ट भएपछि उनलाई मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले पद बढाएर भए पनि बढुवा गराउने वचन दिएको स्रोतले बतायो ।

सुदूरपश्चिम क्षेत्रका प्रहरी अधिकारीलाई एआइजी बनाउन ११ पद पुर्याउँदा पनि पाल छुटेपछि प्रधानमन्त्री देउवा पुनः पद थपेर उनलाई एआइजी बनाउने पक्षमा छन् । प्रहरीमा अहिले प्रहरी जवानदेखि महानिरीक्षकसम्म ११ तह कायम छ ।

गृहमन्त्रीले हबल्दार र असईको बीचमा वरिष्ठ हबल्दार तथा सई र प्रहरी निरीक्षकको बीचमा वरिष्ठ सईको पद बनाउने घोषणा गरे पनि नियमावली संशोधन नहुँदा कार्यान्वनमा आएको छैन । एआइजीमा २ पद थप्दा  तल्लो तहसम्म २ पद बढ्नेछ भने रिक्त पदमा पुनः बढुवा निकाल्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको