राजविराज ८ साउन । सप्तरी जिल्लाको बाढी प्रभाबित क्षेत्रमा नेपाल विद्यार्थी संघ २ नम्बर प्रदेशको अयोजनामा बृहत एकिकृत स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

जिल्लाको त्रिहुत गाउँपालिका अन्तरगत रहेको बाढीप्रभावित क्षेत्रलाई लक्षित गर्दै आयोजना गरेको शिविरमा स्थानियहरुले लामो समय देखी प्रभावित क्षेत्रमा बसेकोले विभिन्न किसिमको रोगबाट ग्रसित भएको भन्दै ५ सय विरामीहरुलाई सेवा प्रदान गरेको छ ।
शिविरमा गजेन्द्रनरायण सिंह सगरमाथा अञ्चल अस्पताल , विपीकोईराला विज्ञान प्रतिष्ठान धरानका एक दर्जन कनसलटेन्ट चिकित्यसकहरुले चेक जाच गरेर निःशुल्क औषधी समेत वितरण गरेको छ ।
स्वास्थ्य शिविर कार्यक्रममा नेपाली काँग्रेसका केनद्रीय सदस्य तथा प्रधामन्त्रीका राजनिक सल्लाहकार बिश्व प्रकाश शर्माले बाढी प्रभावितलाई स्वास्थ्य परिक्षण गरी स्वथ्य सेवाका लागि हामी जुनसुकै बेला पनि तयार रहेको बताउनु भयो । विरामीलाई सेवा प्रदान गर्न ६ लाख बरावरको औषधी उपलब्ध उपलब्ध गराई निः शुल्क वितरण गरेको बताउउनु भयो ।
एकदिने स्वास्थ्य शिविरमा नेवि संघका केन्द्रीय अध्यक्ष नैनसिंह महर, नेवि संघका सह– महामन्त्री राजेश रौनियार,प्रदेश नं.२ का संयोजक संजय यादव,पुर्व महामन्त्री प्रतिमा गौतम,पूर्व केन्द्रीय सदस्य नन्दकिशोर यादव,नेवि संघ सप्तरीका जिल्ला सभापति घनानन्द यादव, सप्तरी क्षेत्र नं. २का क्षेत्रिय सभापति बद्री प्रसाद महात्मान यादव, पूर्व जिल्ला सभापति घनश्याम यादव,गैसस लोकतान्त्रिक सप्तरीका अध्यक्ष अर्जुन यादव,युवा नेता कृष्णदेव यादप(पिन्टु) लगायतको शिविरमा उपस्थिति रहेको थियो । त्रिहुत गाँउपालिकाको श्री आधारभुत राष्ट्रिय विद्यालय पिप्राही गोईठीमा संचालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको