सप्तरी÷बुधबार
सवल नेपाल र सेभ द चिल्डेनले सप्तरी जिल्लाको पश्चिमी भेग चनही मल्हनियाका ८ जना बेरोजगारलाई लुगा सिलाई÷कटाई तालिम प्रदान गरेको छ । सिलाई कटाई सिकेर आफ्नो स्वतन्त्र व्यवसाय गरी आय आर्जन गर्न सक्षम बनाउने उद्देश्यले विपन्न परिवारका युवा तथा महिलालाई उक्त तालिम प्रदान गरेको हो । तीनमहिने सो तालिम प्राप्त गरेर आफूहरू रोजगार गर्न सक्षम भएको सहभागीहरूले बताएका छन् । प्रशिक्षार्थीहरूलाई स्थानीय टेलर मास्टर रामदुलार पासवानले सहजीकरण गर्नुभएको थियो । बोदे बर्साइन नगरपालिका १० मा पर्ने चनही मल्हनियामा गत वैशाख १० गते उक्त तालिम प्रारम्भ गरिएको सबल नेपालका फिल्ड अधिकृत रविन्द्र साहले बताउनुभयो । बुधबार सम्पन्न तालिम समापन कार्यक्रममा कार्यक्रम संयोजक नन्दकिशोर चौधरी, स्थानीय बुद्धिजीवि गौरी शंकर मंडल, सबल नेपालका सामुदायिक परिचालक बिना यादवले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको