राजविराज साउन । तेश्रोचरणको हुने स्थानीय तहको निर्वाचलाई लक्षित गरी सप्तरी काँग्रेसले तिब्र गतिमा तयारी थालेको छ ।
नेपाली काँग्रेसले गठित चुनाव प्रचार प्रसार समितिका संयोजक भागवत यादवको अध्यक्षतामा सोमवार सप्तरीमा बसेको बैठकले काग्रेस संग आवद्ध रहेका महिला, दलित लगायतका संघ, संस्था सहितको गाँउपालिका नगरपालिकाहरुमा स्थानीय तहको उम्मेदवारलाई बिजय बनाउन सक्रिय सहभागी गराई कार्यकर्ता परिचालनको निर्णय गरेको छ । उक्त समितिमा नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादव,सचिव रामकुमार यादव,रामदेव साह, क्षेत्र नं. १ का क्षेत्रिय सभापति ललन गुप्ता, २ नं. क्षेत्रिय सभापति बद्री नरायण महत्मान, ४ नं. क्षेयित्र सभापति राम प्रसाद मंडल,६नं. क्षेत्रिय सभापति जितेन्द्र प्रसाद यादव,नेपाल शिक्षक संघ सप्तरीका सभापति परशुराम यादव,टे«ड युनियन काँग्रेस सप्तरीका अध्यक्ष मनोज कुमार मंडल,अधिबक्ता हेम नारायण चौधरी, बिभा झा,नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष ओम प्रकाश शाह लगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost