बृजमान तामाङ
संघीय समाजवादी फोरम नेपाल राजबिराज नगरपालिकाले चुनावी अभियानलाई निरन्तरता दिँदै आएको छ । आगामी असोज २ गतेको स्थानीय तहको चुनावलाई लक्षित गरी साउन ६ गतेदेखि शुरु गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई पार्टीले वडाहरुमा जारी राखेको हो ।
सोमबार राजविराज नगरपालिका १४ को. मधेपुराको वडा स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष हजारी रामको अध्यक्षता तथा जिल्ला अध्यक्ष दिनेश कुमार यादवको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो । भेलामा अध्यक्ष यादव, निर्वाचन डेस्क सप्तरीका संयोजक उपेन्द्र प्रसाद साह, निवर्तमान जिल्ला सचिव उमेश यादव, जिल्ला सदस्य किरण साह, राजविराज नगरपालिकाका प्रस्तावित प्रमुखका उम्मेदवार भीमराज यादव लगायतले प्रशिक्षण दिँदै चुनावी अभियानलाई तीव्रता दिन कार्यकर्तालाई निर्देशन दिए । वडा नम्बर १४ का कार्यकर्ता दानालाल साहद्वारा सञ्चालित कार्यक्रममा स्वागत चन्देश्वर मण्डलले गरेका थिए । आगामी स्थानीय तहको चुनावमा पार्टीको जित सुनिश्चित गर्नका लागि रणनीति तयार गर्न फोरम नेपाल सप्तरीले १७ वटै स्थानीय तहमा चुनावी गतिविधि जारी राखेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost