राजविराज । सप्तरीका राजनीतिक दलका नेताहरुले परिवर्तनको संवाहक युवा नै भएको बताउँदै जिल्लामा हुन गइरहेको दोस्रो जिल्ला युवा सम्मेलनलाई सफल गराउन हरेक किसिमले सहयोग गर्ने बताएका छन् ।
सप्तरी युथ नेपालले आगामी साउन २८ र २९ गते दुई दिने सप्तरी जिल्ला युवा सम्मेलनको आयोजना गरिदैंछ । दोस्रो जिल्ला युवा सम्मेलनको सन्दर्भमा सप्तरी युथ नेपालले जिल्लाका राजनीतिक दलका प्रमुखहरुसँग अन्तरकृया गरेको छ । सोमबार युथ नेपालले आफ्नै कार्यालयमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै नेताहरुले युवा सम्मेलनलाई सफल बनाउन हरेक किसिमको प्रयास गर्ने बताए ।
अन्तरकृयालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका जिल्ला सचिव रामकुमार यादवले समाजमा परिवर्तन ल्याउन युवाले नै मुख्य भूमिका खेल्ने गरेको बताउँदै युवाहरुका लागि आफू र आफ्नो पार्टीले हरेक सहयोग गर्ने बताए । उनले युवा सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गराउन सबै किसिमको सहयोग गर्न तयार रहेको बताए ।
संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादवले सप्तरी युथ नेपालले सरसफाई, अतिक्रमण हटाउने अभियानबाट आफू एकदमै प्रभावित भएको बताए । उनले युथ नेपालबाट सिकेर धेरै ठाउँमा सरसफाई अभियान प्रारम्भ गरेको पाइएको बताउँदै युवा सम्मेलनलाई सफल बनाउन आफू र आफ्नो पार्टी तन, मन र धनले समेत तयार रहेको बताए ।
नेपाल लोकतान्त्रिक फोरमका जिल्ला अध्यक्ष शैलेश चौधरीले सप्तरीमा सरसफाई अभियान शुरु गरेर लामो समयसम्म टिकाउने सप्तरी युथ नेपालको प्रशंसा गरे । उनले गत साल भएको युवा सम्मेलनले समाजमा सकारात्मक परिवर्तन ल्याएको बताउँदै यस पटकको युवा सम्मेलन भव्य बनाउन सबै किसिमको सहयोग गर्न तयार रहेको बताए ।
राष्टिय जनता पार्टी (राजपा) का अध्यष मण्डलीय सदस्य सतिश सिंहले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले समाजमा राम्रो काम गर्नेलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आफू पनि युवा भएकाले युवा सम्मेलनका लागि सहयोग गर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको