काठमाडौं,  साउन । सरकारको मुख ताकेर बसेको राप्रपा आफैमा रन्थनिएको छ । राप्रपामा ४२ केन्द्रीय सदस्य मनोनयनले भुषको आगो झै सल्किएको झगडा झन झन चुलिएको छ ।

सदस्य मनोनयन  पछि देखिएको विवाद अझै सेलाउन सकेको छैन । अध्यक्ष कमल थापाले पार्टी एकीकरण गर्दाको सहमति विपरीत एकलौटी रूपमा केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै वरिष्ठ नेता पशुपति शमशेर राणा पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।

राणाले त्यसपछिका पदाधिकारी, कार्यसम्पादन र केन्द्रीय कार्यसमितिको बैठकसमेत बहिष्कार गर्दै आएका छन् । राप्रपा भित्रकै दुरी तन्किए पछि सत्ताका विषयमा पनि अन्योल बढेको एक नेताले बताए ।

संस्थापन पक्ष भने राणा पक्षका केही नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गर्न सकिने, तर मनोनित गर्ने निर्णय फिर्ता लिन नसक्ने बताउँदै आएको छ ।

दुई पक्षबीच त्यही विषयमा सहमति जुट्न नसकेपछि शुक्रबार बसेको पदाधिकारी बैठकले नेता राणासँग सहमति गरी विवाद मिलाउन अर्का नेता लोकेन्द्रबहादुर चन्दलाई जिम्मेवारी दिएको थियो । चन्दले विवादको समाधान खोज्न राणासँग कुराकानी गरे पनि औपचारिक रूपमा सोमबारसम्म कुनै छलफल नभएको स्रोतले बतायो ।

राणाले पार्टीको निर्देशन समिति निर्माण गर्ने र त्यही निर्देशन समितिमा छलफल गरी निस्केको निष्कर्षअनुरूप अन्य निर्णय गर्नुपर्ने बताउँदै आएका छन् ।

निर्देशन समितिमा हुने सहमतिअनुरूप केन्द्रीयस्तरका विभाग र केन्द्रीय कार्य समितिलाई पूर्णता दिनुपर्ने माग राणाको छ । संस्थापन पक्ष निर्देशन समिति बनाउन तयार भएर नाम मागे पनि राणाले भने पहिला कति सदस्यीय बनाउने र संस्थापन पक्षबाट कुन–कुन नेतालाई राख्ने बारेमा प्रष्ट हुनुपर्ने बताउँदै आएका छन् ।

संस्थापन पक्षका नेता दिलनाथ गिरीले विवाद समाधानका लागि वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दलाई पदाधिकारी बैठकले जिम्मेवारी दिएको र पार्टीभित्र देखिएको समस्या समाधान उन्मुख रहेको बताए । तर, राणा भने अहिलेसम्म संस्थापन पक्षले  समस्या समाधानका लागि तदारुपता देखाएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको