
राजबिराज । प्रहरी र स्थानीय युवालाई समाजमा शान्ति र सामुदायिक सुरक्षाका लागि सहकार्य गर्न प्रेरित गर्दै दुवै बीच विश्वास, सहकार्य र आपसी जवाफदेहिता बढाउने उद्देश्यले राजविराजमा बिहीवार तीन दिवसीय ‘हाम्रो टिम मैदानमा’ नामक फुटबल क्लिनिक सुरु भएको छ ।
सबल नेपालद्वारा जारी विज्ञप्तिमा शुक्रबार आरम्भ हुने फुटबल क्लिनिकमा सप्तरीका १६–२९ उमेर समूहका ६० युवा र २० प्रहरीको सहभागिता रहने जनाइएको छ । सहभागी युवा स्थानीय युवा क्लब, राजनीतिक दल, जातीय संस्था, कर्मचारी, विद्यार्थी, दलित तथा अल्पसंख्यक समुदाय, महिला, पत्रकार जस्ता संस्था र समुदायलाई प्रतिनिधित्व गरेका छन् । त्यस्तै नेपाल प्रहरीको नागरिक सहायता कक्ष, महिला तथा बालबालिका सेवा केन्द्र, सामुदायिक प्रहरी, ट्राफिक प्रहरी तथा अनुसन्धान अधिकारीहरू सहभागी छन् । सबल नेपालद्वारा जारी विज्ञप्तिका अनुसार आइतबार चारवटा समूहले मैत्रिपूर्ण फुटबल खेल्ने छन् ।