वृजमान तामाङ
वीरेन्द्र बजार । सप्तरीको कृष्णा सवरण गाउँपालिकामा बिहीबार संघीय समाजवादी फोरम नेपालको गाउँपालिका स्तरीय भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । पार्टीका वडा २ प्रसवनी अध्यक्ष श्रीप्रसाद मण्डलले अध्यक्षता गरेको कार्यक्रममा जिल्ला अध्यक्ष दिनेश कुमार यादव, निर्वाचन डेस्क संयोजक उपेन्द्र प्रसाद साह, जिल्ला सदस्य दिल कुमारी चौधरी, नेताहरू रामदेव यादव, विजय चौधरीले प्रशिक्षण दिएका थिए । मधेशी, आदिवासी, मुस्लिम, दलित लगायत उत्पीडीत समुदायले आआफ्नो अधिकार सुनिश्चित गर्न चुनावमा जानुपर्नेमा उनीहरूले जोड दिएका थिए । सो अवसरमा इश्वरलाल चौधरी, मनोज यादव, रामवती चौधरी (रामदाई), रघुनन्दन यादव लगायतले बोलेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost