संतोष चौधरी
राजविराज . प्रदेश नम्बर २ मा असोज २ गते स्थानीय तहको निर्वाचन तोकिएको छ . निर्वाचनको माहौल बनाउन र निर्वाचन आफ्नो पक्षमा पार्न राजनीतिक दलहरू अनेक कसरतमा लागेका छन् . तर प्रदेश २ भित्र भने निर्वाचनको माहौल बन्न सकेको छैन .
प्रदेश २ भित्रको भन्दा प्रदेशबाहिर नै निर्वाचनको माहौल बनाउने प्रयास भइरहेको तर प्रदेश २ भित्र अझै अन्योल कायमै रहेको च’नावी पर्यवेक्षकहरूको ब’झाई छ .

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा ५) सिट पछि परेको कांग्रेसले तेस्रो चरणमा कमजोर ठाउँमा अन्य दलसँग तालमेल गर्ने भएको छ . प्रदेश नम्बर २ मा कमजोर रहेका तहमा तालमेल गर्न आठवटै जिल्लालाई केन्द्रले सर्क’लर गरेको छ . राजविराजमा निर्वाचनको म’खमा संघीय समाजवादी फोरम छोडेर एमाले प्रवेश गरेका स’खराम यादवलाई एमालेले नगरप्रम’खको उम्मेदवार बनाएको छ . यादवले असार !४ अघिदेखि नै प्रचार कार्यालय खोलेर निर्वाचन सक्रियता बढाएका छन् .
कांग्रेसले पहिलो र दोस्रो चरणमा सत्तासाझेदार माओवादी केन्द्रसँग केही तहमा तालमेल गरेको थियो . ‘एक्लै जित्न सक्ने ठाउँमा हामी एक्लै लड्छौँ, एक्लै जित्न नसक्ने ठाउँमा सत्ता?ढ दल माओवादी र राजपासँग च’नावी तालमेल गर्छौं’, कांग्रेस नेता विमलेन्द्र निधिले भने, ‘यसका लागि आठवटै जिल्लालाई निर्देशन दिइसकेका छौं .’ भारतसँग सीमा जोडिएका स्थानीय तहमा बलियो भएपनि प“र्व–पश्चिम राजमार्गका झन्डै २) तहमा तालमेल गर्ने पक्षमा कांग्रेस छ . राजमार्ग वरिपरि एमालेको पकड रहेकाले कांग्रेसले माओवादी र राजपासँग च’नावी तालमेलको तयारी गरेको हो .
तेस्रो चरणअन्तर्गत २ असोजमा प्रदेश नम्बर २ का !२७ तहमा ह’ने निर्वाचनमा कांग्रेसले सय सिट जित्ने लक्ष्य लिएको छ . कमजोर ठाउँमा तालमेल गरेर भए पनि लक्ष्य हासिल गर्ने उसको योजना छ . राजविराजमा कांग्रेस एक्लै भिड्ने सम्भावना छ . तर एक्लै भिडे पनि आफैमा लड्ने अन्तर्घाती समस्या त्यतिकै टडकारो छ . गत च’नावमा कांग्रेसका टिकटवाला उमेश प्रसाद साहलाई कांग्रेसकै विद्रोही जगरनाथ दासले जित हासिल गरेका थिए . यो वर्ष कांग्रेस सभापति दिनेश प्रसाद यादव र प“र्व सभापति राम क’मार चौधरीले मेयर र उपमेयरको सिट भागबण्डा गरेकाले अन्तर्घातको चेतावनी कम भएको छ .
प्रदेश नम्बर २ को निर्वाचनमा माओवादी केन्द्रले अधिकांश स्थानीय तहमा मधेसकेन्द्रित दलसँग तालमेल गर्ने योजना बनाएको छ . स्थानीय तहको च’नाव उसको लागि नयाँ अन’भव हो . यस प्रदेशका धेरै तहमा मधेसी दलको प्रभाव भएकाले त्यहीअन’सार तालमेल गर्ने योजना यसको छ .
प्रदेश २ मा एमाले, कांग्रेस र माओवादी सबैले राजपासँग तालमेल गर्ने मन बनाएको छ . तर राजपाको चित्त अझै पनि स्थिर ह’न सकेको छैन . तालमेल गर्ने नगर्ने उसको लागि तेस्रो प्रश्न हो . पहिलो च’नावमा जाने कि नजाने र दोस्रो आफ्नै उम्मेदवारीको भागबण्डा कसरी मिलाउने प्रश्नको उसले पहिले निकाल्न’पर्छ . यथासमय राजपाको बैठक स’? भएको छ . तर बैठकको अन्त्य कसरी होला भन्ने संदिग्ध छ . राजपाको ब’धबार प्रारम्भ भएको पदाधिकारी बैठक वरिष्ठ नेता हृदयेश त्रिपाठी सम“हले बहिष्कार गरेको छ . त्रिपाठी सम“हका सांसद्हरू सर्वेन्द्रनाथ श’क्ल, वृजेशक’मार ग’प्ता, अकबालअहमद साह, कमलेश्वर प’री गोस्वामीसहित आधा दर्जन नेता छन् . पदीय विवादकै कारण पदाधिकारी बैठक बहिष्कार गरेको त्रिपाठी सम“हका एक नेताले बताए . बैठकको दोस्रो दिन बिहीबार त्रिपाठी सम“हले अध्यक्ष महन्थ ठाक’रलाई भेटी पदीय विवाद मिलाउँदै प्रजातान्त्रिक प्रक्रियाबाट अघि बढ्न स’झाव दिएको छ .
गत सोमबार राप्रपा अध्यक्ष कमल थापाले राजविराजको च’नावी भ्रमण गरी हिन्द’त्वको नारा दिने प्रयास गरेका छन् . तर राजतन्त्रको नाराले हिन्द’त्वको नारालाई ओझेलमा पार्न सक्छ .

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको