धादिङ ,११ कार्तिक । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको धादिङ प्रहरीले जनाएको छ ।
सप्तरीको राजविराजबाट काठमाडौं जादै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको थियो ।
नदीमा डुबेको बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको छ । अहिले सम्म १६ जनाको जिवितै उद्धार भएको छ ।
घाइतेहरुका अनुसार बसमा ५० जनाभन्दा बढी यात्रु थिए ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको धादिङ प्रहरीले जनाएको छ ।