काठमाडौं, १२ कार्तिक । त्रिुशलीमा बस खस्यो, ३१ को मृत्यु । यो खबरमात्र होइन, सरकारले जिम्मेवारी लिनैपर्ने नरसंहार पनि हो ।
आयोगले रिपोर्ट बुझाएपछि सडकलाई धराप बनाएर राख्ने र सुरक्षाको उचित प्रवन्ध गर्ने जिम्मेवारी सरकारको थियो, मरे मरुन् भनेर सडकलाई धराप पार्दा दिनदिनै ठूला ठूला दुर्घटना हुने गरेका छन् र सयौं मानिस अकालमा ज्यान गुमाइरहेका छन् ।
राजविराजबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खसेको हो । प्रहरी ध्रुवराज राउतका अनुसार सडककै दुरावस्थाका कारण बस दुर्घटनामा परेको हो ।
सडक भन्नुमात्र छ, यो त दुर्घटनाकै लागि थापिएको धराप भन्दा फरक पर्दैन । यद्यपि उनकै सक्रियतामा १६ जनालाई उद्धार गर्न सफलता मिलेको छ । कति बेपत्ता छन्, यसै भन्न सकिन्न ।
बसमा कति यात्रु थिए भन्ने पनि यकिन छैन । अनुमान अनुसार ६० जना हुनुपर्छ । एउटा ३६ सिटे बसमा ६० जना यात्रु यात्रा गरिरहदा पनि सरकार के हेरिरहन्छ ?