राजविराज –बोदे बसाईन नगरपालिका–२ मा विद्यालय स्तरीय प्रथम मेयर कप कबडी प्रतियोगिता बुधवार उदघाटन गरिएको छ ।
नगरपालिकाका प्रमुख आतेश कुमार सिंह यादवले सो खेललाई उदघाटन गर्दै स्थानीय तहको स्तर उन्नतीका लागि यस्तो खेलको आयोजना गरिरहने बताए ।
उनले खेलकुदको विकासका लागि नगरपालिकाले विभिन्न स्थानमा खेल मैदानको मर्मत सम्भार र अगामी दिनको योजनामा खेलका लागि चाहिने सामग्रीहरु उपलब्ध गराउने जस्ता कार्य योजनालाई अगाडी सारेको बताए ।
उक्त प्रतियोगितामा बुधवार भएको खेलमा मा.वि. बोदे बर्साइन प्रथम भएको जनाइएको छ । कबडी प्रतियोगितामा समुह ए र समुह बि गरी २ वटा टिम बनाइएको छ । जसमा मा.वि. नेंगडा, मा.वि. बोदे बर्साइन, मा.वि. मानराजालाई खेलाईने स्थानीय संचारकर्मी उमेश कुमार साहले जानकारी दिए ।







