राजविराज – भारतीय व्यवसायीहरुले भक्तपुरमा निर्माण उपकरण तथा प्रविधी ( ConMac) को प्रदर्शन गर्ने भएको छ ।

भारतीय दूतावास काठमाडौँले भारतीय उद्योग महासंघ सँगको सहकार्यमा विहिवार देखी तीन दिने निर्माण उपकरण तथा प्रविधिको प्रदर्शन गर्न लागेका हुन ।

भक्तपुर सिथत सल्लाघारीको खुल्ला मैदानमा गर्न लागेको प्रदर्शनीमा भारतका १५० भन्दा बढी कम्पनीहरुले आफ्ना उत्पादन तथा सेवाहरुको प्रदर्शन गर्दैछन । २,००,००० वर्ग फिट भन्दा बढी क्षेत्रमा हुने यो प्रदर्शनी नेपालको सबै भन्दा ठूलो निर्माण उपकरणसम्बन्धी प्रदर्शनी हुने विश्वास गरिएको छ ।
४,००० भन्दा बढी व्यापारीहरुले यस प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा गरिएका आयोजकले जनाएको छ ।

उक्त प्रदर्शनीमा जेसीबी , एल. एण्ड .टी ,होन्डाई, क्याटरपिल्लर,टाटा , हिटाची ,जस्ता ठुला कम्पनि सहित भारतका १५० भन्दा बढी कम्पनीहरुले उत्पादन तथा सेवाहरुको प्रदर्शन गर्ने छ ।

पहिले देखी नै उच्च तहमा चलिआएको औद्योगिक सहकार्यलाई यस प्रर्दशनीले दुई देशबीचको औद्योगिकरव्यापारिक सहकार्यलाई थप प्रगाढ गर्दै दुई देशका उद्योगहरुलाई जोडने लक्ष्य लिएको छ ।

सो प्रदर्शनीलाई नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । सोही प्रदर्शनीमा नेपालका लागि भारतीय राजदूत श्री मंजिव सिंह पुरीको विशेष आत्थ्यिमा हुने भएको छ , भने भारत तथा नेपालका निर्माण व्यवसायका अगुवा, व्यापारिक संघसंस्थाहरु तथा नेपाल सरकारका उच्च अधिकारीहरुको पनि उपस्थिति रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको