काठमाडौं – भारतमा भइरहेको लोकसभा निर्वाचन अन्तर्गत आइतबार छैटौं चरणको मतदान भइरहेको छ । आइतबार ७ राज्यका ५९ सिटका लागि मतदान भइरहेको हो ।

९७९ प्रत्यासी चुनावी मैदानमा रहँदा दिल्लीका ७, बिहारका ८, हरियाणाका १०, मध्यप्रदेशका ८, उत्तरप्रदेशका १४, बंगालका ८ र झारखण्डका ४ सिटका लागि मतदान भइरहेको हो ।  महिला उम्मेदवारको संख्या जम्मा ९ प्रतिशत अर्थात् ८३ जनामात्र छन् ।  सन् २०१४ मा यो क्षेत्रमा भारतीय जनता पार्टीले ५९ मध्ये ४५ सिटमा जित हासिल गरेको थियो ।  प्रतिपक्षी काँग्रेसले २ सिटमात्र जितेको थियो । तृणमूलले ८, इनेलोले २, लोजपाले १ तथा सपाले १ सिट जितेको थियो ।

आइतबारका चर्चित उम्मेदवारहरु 
मध्यप्रदेशमा काँग्रेस पूर्व मुख्यमन्त्री दिग्बिजय सिंहको भविष्य निर्धारण हुँदैछ । उनी १६ वर्षपछि कुनै चुनावमा लड्दै छन् ।

सोही क्षेत्रबाट मालेगाँव धमाकाकी आरोपी साध्वी प्रज्ञा ठाकुरलाई राजपाले उठाएको छ ।  पूर्वी चम्पारणबाट केन्द्रीय कृषि कल्याण मन्त्री राधामोहन सिंह भाजपाबाट मैदानमा छन् ।  उत्तरपूर्वी दिल्लीबाट भाजपाले भोजपुरी गायक एवं अभिनेता मनोज तिवारीलाई उठाएको छ । त्यहींबाट काँग्रेसले दिल्लीकी पूर्व मुख्यमन्त्री शीला दीक्षितलाई उठाएको छ ।  पूर्वी दिल्लीबाट भाजपाले क्रिकेटर गौतम गम्भीरलाई मैदानमा उतारेको छ । काँग्रेसबाट अरबिन्दर सिंह लवली भिडिरहेका छन् ।  सपा अध्यक्ष एवं पूर्व मुख्यमन्त्री अखिलेश यादव आजमगढबाट मैदानमा छन् ।  भाजपाबाट केन्द्रीय मन्त्री मेनका गान्धी सुल्तानपुरबाट मैदानमा छिन् । यो क्षेत्रमा कांग्रेसका संजय सिंह भिडन्तमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको