नयाँदिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूहरुले समस्या पनि नपालिने र नटालिने बताएका छन् । अनुच्छेद ३७० हटाएका सम्बन्धमा उनले भने – न समस्या पालिन्छ न टालिन्छ ।

बिहीबार बिहान ७३ औं स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लामा झण्डा फहराउँदै ९२ मिनेटसम्म सम्बोधन गर्दै उनले जम्मू कश्मीरलाई विशेष राज्यको दर्जा दिँदै अनुच्छेद ३७० तथा राज्यका मानिसलाई विशेष अधिकार दिँदै अनुच्छेद ३५–ए लाई हटाउनु प्रमुखता भएको उल्लेख गरे ।

Image

उनले फैसलाको विरोध गर्नेहरुलाई भने, ‘यदि अनुच्छेद यत्तिको महत्वपूर्ण थियो र भाग्य बदल्ने खालको भएको भए ७० सालमा विपक्षी दलको बहुमत भएर पनि किन अस्थायी राखियो ?’

उनले ७० वर्षमा नभएको काम आफूले ७० दिनभित्र गरेर देखाएको पनि बताए ।

संसदले जम्मू–कश्मीरको यो अनुच्छेद ३७० दुवै सदनबाट दुई तिहाई बहुमतले पारित भएको थियो ।

Image

मोदीले राजनीति नाफा नोक्सानबाट नहुने पनि बताएका छन् । भारतले ७३ औं स्वतन्त्रता दिवस धुमधामले मनाएको छ ।

 भारतले हरेक अगष्ट १५ तारिखमा स्वतन्त्रता दिवस मनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको