काठमाडौं–एसीसी यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । श्रीलंकामा भदौ १९ देखि सुरु हुने प्रतियोगिताको लागि नेपालले बिहिबार १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
रोहित कुमार पौडेलको कप्तानीमा रहेको टोलीमा सन्दीप जोराले कमब्याक गर्दा विशाल विक्रम केसी भने टिमबाट बाहिरिएका छन्। प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक श्रीलंकासंग खेल्नेछ ।
समूह ’बी’ मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।
नेपाली टिम ः– रोहित कुमार पौडेल (कप्तान), रित गौतम, पवन सर्राफ, मोहमद आसिफ शेख, सन्दीप जोरा, भिम सार्की, कुशल मल्ल, रशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, हरि बहादुर चौहान, प्रतिष जिसी, खडक बोहरा, लोकेश बम, सुर्य तामाङ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको