राजविराज– श्री वावा ढायर नव युवा फुटवल टिम शम्भुनाथ नगरपालिका ७, भंगाहाद्वारा संचालित छैठौं पञ्चशिल फुटवल प्रतियोगिताको पहिलो दिनको खेल श्री सुन्दरपुर स्पोर्टस क्लव उदयपुरले जितेको छ ।
सप्तरीको श्री शम्भुनाथ युवा फुटवल क्लव भोकरदह डंग्राहीलाई १–० गोल अन्तरले पराजित गर्दै उदयपुरले जित हात पारेको हो ।
उदयपुरका जर्सि नं. ७ का खेलाडि किशोर चौधरीले गरेको एक मात्र गोल निर्णायक भएको थियो ।
विजेता टिमलाई जनता आधारभुत रामपुर जमुवाका प्रधानाध्यापक गुलाव चौधरीले ५ सय ५ रुपैयाँ पुरस्कार प्रदान गरे ।
सप्तरी र उदयपुर गरी कुल १० टिम सहभागि भएको प्रतियोगिताको फाईनल खेल कार्तिक ४ गते हुनेछ ।
प्रतियोगिताको विजेता टिमले १३ हजार ५ सय ५५ रुपैयाँ नगद, मेडल र ट्रफि पाउने छन भने द्वितिय टिमले ९ हजार ५ सय ५५ रुपैयाँ, मेडल र ट्रफि पाउने आयोजक भंगाहा सामुदायिक संस्था भंगाहाका अध्यक्ष लक्ष्मीकान्त चौधरीले वताए ।
प्रथम पुरस्कारका लागि सारदा इंलिस वोर्डिङ्ग स्कुल कठौना, दोश्रोका लागि चन्द्रभोगा ग्यालेक्सी पब्लिक स्कुल कठौनाका प्रिन्सिपल रामेश्वर प्रसाद चौधरी तथा चेम्पियन खेलाडिका लागि भंगाहा निवासी अशोक कुमार भगतले ट्रफि सहयोग गरेको आयोजनकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको